मोटर साइकल दुर्घटनामा रावाबेसी गाउँपालिकाका इन्जिनियर दिपक ढुङ्गानाको मृत्यु भएको छ ।
ऐसेलुखर्क गाउँपालिका–७ माक्पामा विवाह समारोहमा सहभागी भएर फर्कने क्रममा प्रदेश ३–०–२–००७ प ५३३३ नम्बरको मोटर साइकल दुर्घटनामा परेर चितवनको भरतपुर महानगरपालिका–६ जगतपुरका ३० वर्षीय दीपक ढुंगानाको मृत्यु भएको हो । साथीको बहिनीको विवाहबाट फर्कने क्रममा ढुंगाना चढेको मोटर साइकल ऐसेलुखर्क गाउँपालिका–७ माक्पाको बाक्चुवास्थित भीरबाट करिब दुई सय ५० मिटर तल खसेको गाउँपालिका अध्यक्ष लिलानाथ निरौलाले बताए ।
दुर्घटनापछि उपचारका लागि एम्बुलेन्स मार्फत् काठमाडौं लैजाँदै गर्दा हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटार बोझेओढार पुगेपछि शनिबार राति मृत्यु भएको निरौलाले जानकारी दिए ।
स्थानीयहरूका अनुसार ढुंगाना ऐसेलुखर्क गाउँपालिकाका हुलाश गुरुङले चलाएको मोटर साइकलको पछाडि बसेका थिए । दुर्घटनापछि चालक गुरुङलाई मोटर साइकलसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको ।


















































पालिका प्रेस 




प्रतिक्रिया दिनुहोस्