नगरपालिकाले अबदेखि शिक्षकहरुलाई मासिक तलब दिने भएको छ । नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाले पालिका भित्रका सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरुलाई यहि माघ महिनादेखि मासिक तलब दिन सुरु गरेको हो ।
विद्यालयमा अध्यापन गरिरहेका शिक्षकलाई आर्थिक संकट नहोस् भन्नका लागि अब देखि मासिक रुपमा नै तलबभक्ता दिने शिक्षा युवा तथा खेलकुद शाखा बेसीशहरका प्रमुख सिर्जना चिलुवाल पाण्डले बताउनुभयो । पाण्डेले आँट र काम गर्ने इच्छाशक्ति भए असम्भव भन्ने कुरा नभएको भन्दै यसअघि त्रैमासिक रुपमा तलब भत्ता खुवाउँदै आएको भएपनि अबदेखि मासिक रुपमा प्रदान गर्ने शाखा प्रमुख पाण्डेले बताउनुभयो ।
आर्थिक असुरक्षाले शिक्षकको मनोबल घटाउने मात्र होइन, त्यसले शिक्षण–अध्ययन प्रक्रियामा पनि प्रत्यक्ष असर पार्ने भन्दै शिक्षक निश्चिन्त नभएसम्म गुणस्तरीय शिक्षा सम्भव नहुने बेसीशहर नगरपालिकाका कार्यकारी प्रमुख सुमन अधिकारीले बताउनुभयो । समयमै तलब पाउँदा ऋणमा निर्भरता घट्ने र शिक्षक पेशाप्रति आकर्षण बढ्ने विश्वाससाथ यस्तोे कार्य सुरु गरिएको अधिकारीले बताउनुभयो ।
शिक्षकहरूको भनाई अनुसार घरभाडा, खानपिन, छोराछोरीको शिक्षा, स्वास्थ्य उपचार जस्ता अनिवार्य खर्च मासिक रूपमा नै हुने भए पनि तलब तीन महिनामा मात्र पाउँदा जीवनयापन कठिन बन्दै आएको थियो ।
बेसीशहर नगरपालिकाकामा शिक्षक तथा कर्मचारी गरी ४ सय १६ जना कार्यरत रहेको र करिब २ करोडको हाराहारीमा तलबभत्ता निकाशा हुने गरेको शिक्षा युवा तथा खेलकुद शाखाले जनाएको छ ।

















































पालिका प्रेस 











प्रतिक्रिया दिनुहोस्