बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँको प्रमुख राजनीतिक सल्लाहकारमा मकवानपुरका दामोदर खनाललाई नियुक्त गरिएको छ ।
प्रदेश सरकारको १० वैशाखमा मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा बसेको मन्त्रीपरिषद् बैठकले खनाललाई प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको प्रदेश सरकारमा प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले जानकारी दिए ।
नेपाली कांग्रेस मकवानपुर क्षेत्र नम्बर १ का संघीय सभापति खनाल मकवानपुरको बकैया गाउँपालिकाका पूर्व अध्यक्ष हुन् । यसअघि मुख्यमन्त्री बानियाँको प्रमुख राजनीतिक सल्लाहकार रहनुभएका कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाले पदबाट राजीनामा दिएका थिए । गत फागुन २१ गतेसम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रमुख राजनीतिक सल्लाहकार लामाले राजीनामा दिएर मकवानपुरको क्षेत्र नम्बर २ मा कांग्रेसको तर्फबाट प्रतिस्पर्धा गरेका थिए ।
















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्