मकवानपुरको भीमफेदी गाउँपालिकाका नागरिकले गाउँपालिकाको कार्यालयबाटै करदाता सेवा प्रदान गर्ने भएको छ । आन्तरिक राजस्व कार्यालय हेटौँडा र भीमफेदी गाउँपालिका बीच ८ जेठमा समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएपछि गाउपाँलिकाबाटै व्यवसाय दर्ता, प्यानसम्बन्धी सेवा तथा अन्य कर प्रशासनका काम सञ्चालन गर्ने प्रक्रिया अघि बढाइएको हो ।
गाउँपालिकाका अध्यक्ष हिदम लामाका अनुसार स्थानीय व्यवसायीलाई करसम्बन्धी सेवा लिन सदरमुकाम धाउनुपर्ने अवस्थाको अन्त्य गर्ने उद्देश्यले सम्झौता गरिएको हो । उहाँले अब व्यवसाय दर्तालगायतका सेवा पालिकाबाटै सञ्चालन हुने बताए । उनका अनुसार सम्झातौपछि तत्काल सेवा सुरु नहुने भए पनि आवश्यक प्रक्रिया अगाडि बढिसकेको छ । “आज सम्झौता भयो । अब राजस्व कार्यालयले हाम्रा कर्मचारीलाई तालिम दिनुहुन्छ । तालिम र आवश्यक अभिमुखीकरणपछि सेवा सञ्चालन हन्ुछ”, लामाले भने । सरकारले स्थानीय तहबाटै करदाता सेवा विस्तार गर्ने नीति अघि सारेपछि विभिन्न पालिकासँग सहकार्य गर्दै आन्तरिक राजस्व कार्यालय हेटौँडाले सेवा विस्तार अभियान सञ्चालन गरिरहेको छ ।
यसअघि भीमफेदीका सेवाग्राहीले सामान्य करसम्बन्धी सेवा लिनसमेत हेटौँडा पुग्नुपर्ने बाध्यता थियो















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्