गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर भएको छ । स्थानीय बासिन्दालाई लक्षित गरी आयोजना गरिएको उक्त शिविरमा ७३ जना सहभागी थिए । शिविरमा शरीर दुखाई, जोर्नी तथा मांशपेशीसम्बन्धी समस्या, ढाड तथा घाँटी दुखाई लगायत विभिन्न समस्याको परीक्षण तथा परामर्श सेवा प्रदान गरिएको आयोजकले जनाएको छ ।
शिविरप्रति स्थानीय समुदायको अत्यन्तै सकारात्मक प्रतिक्रिया प्राप्त भएको बताइएको छ। सहभागीहरूले यस्ता स्वास्थ्यसम्बन्धी कार्यक्रमलाई आगामी दिनमा समेत निरन्तर सञ्चालन गर्न आग्रह गरेका छन् । “आरोग्य थाहा” निर्माण गर्ने उद्देश्यसहित आयोजना गरिएको उक्त शिविरले स्थानीयवासीलाई प्रत्यक्ष लाभ पुगेको आयोजकको भनाइ छ ।
द आर्ट अफ लिभिङ नेपालको आयोजना तथा थाहा नगरपालिका, ईलाका प्रहरी कार्यालय पालुङ, प्राथमिक स्वास्थ केन्द्र पालुङ, anamaya अस्टियाप्याथी हेल्थ केयर निर्भाना, दामन चेली समाजको सहकार्यमा थाहामा पहिलोपटक प्राकृतिक रुपमा बिना औषधिको उपचार शिविर भएको हो।
शिविरमा हाडजोर्नी, नशा,पांसपेशीको उपचार गरिएको थियो। शिविरमा अस्टियाप्याथी विशेषज्ञहरु डाक्टर आस्था पुडासैनी, डाक्टर रश्मि देउपाल, रमा नेपाल र इश्वरी नेपालको टिमले उपचार सहजीकरण गरेका थिए।














































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्