बागमती प्रदेशमा चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म एकहजार छसय ५८ सवारी र्दुघटना भएका छन् । प्रदेश प्रहरी कार्यालय बागमतीका अनुसार उपत्यका बाहेकका १० जिल्लामा बितेका दश महिनामा दुईसय ८१ जनाले ज्यान गुमाएका छन् भने तीनहजार दुईसय ९६ जना घाइते भएका छन् ।

गत आर्थिक वर्ष २०८१÷०८२ मा यी दश जिल्लामा २ हजार ४२२ सवारी दुर्घटना हुँदा ३०४ जनाको मृत्यु भएको थियो । यस्तै आर्थिक वर्ष २०८०÷०८१ मा १ हजार ५३६ सवारी दुर्घटना भएको थियो । जसमा ३१५ जनाले ज्यान गुमाएको तथ्याकंले देखाएको छ । तथ्याकंका अनुसार आर्थिक वर्ष २०८१÷०८२ को तुलनामा अघिल्लो वर्ष मृतक संख्या ११ ले कम हो ।

त्यस्तै अघिल्लो आर्थिक वर्ष २०८०÷०८१ मा १ हजार ५३६ सडक दुर्घटना भएका थिए । गत आर्थिक वर्ष २०८१÷०८२ मा २ हजार ४२२ दुर्घटना भएका छन् । जसअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा ८३६ घटना बढी भएको प्रदेश प्रहरी कार्यालयको तथ्यांक छ । चालु आर्थिक वर्षको वैशाख मसान्त सम्ममा १ हजार ६५८ सवारी र्दुघटना भएका छन् । बागमतीको चितवनमा सबैभन्दा धेरै सवारी दुर्घटना हुने गरेको तथ्यांक छ । गत आर्थिक वर्षमा सवारी दुर्घटनाका कारण चितवनका मात्रै १२० जनाले ज्यान गुमाएका छन् । यसवर्ष यहाँ ज्यान गुमाउनेको संख्या ८९ पुगेको छ । दश महिनामा यहाँ ४८४ सवारी दुर्घटना भएका छन् । यहाँ ८७ जना गम्भीर घाइते भएका छन् भने ८०९ जना सामान्य घाइते भएको प्रहरीको तथ्यांक छ ।

दुर्घटनाको कारण ज्यान गुमाउनेको संख्या धेरै रहनेमा चितवन पछि मकवानपुर छ । यहाँ गत आ.व. मा ४०७ सवारी दुर्घटनामा परेर ५० जनाले ज्यान गुमाएका थिए । यसवर्ष मकवानपुरमा ५३ जनाको मृत्यु भएको छ ।

पालिका प्रेस
थप जानकारी