मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल नेपाल संस्थाको आयोजनामा महिनाको चारवटै सोमबार साँझ आरती तथा भजन किर्तन हुने संस्थाले जनाएको छ ।

यस वर्षको चारवटा सोमबार साउन ४, ११, १८ र २५ गते आरतीसहितको कार्यक्रम हुने संस्थाले जनाएको छ । कार्यक्रम अन्तर्गत ११ साउनमा विशेष भजनकिर्तनसहितको आरती कार्यक्रम हुने भएको हो । २०८२ मंसिरमा मोक्षधाम शंखमूल नेपाल संस्था दर्ताभई क्रियाशील भएपश्चात यस किसिमको धार्मिक कार्यक्रमहरु सञ्चालन हुँदै आएको छ ।

शंखमूल क्षेत्रमा मोक्षधाम निर्माण गर्ने उद्देश्यसहित हाल १०८ शंखधाराको निर्माण कार्य सम्पन्न भएको छ । धामको विस्तृत परियोजना प्रतिवेदन नै तयार गरी गौरवको योजनाको रुपमा प्रस्तुत गरिएको छ ।

धार्मिक ग्रन्थ हिमवतखण्ड खण्डमा पालुङको शंखमूलको विषयमा व्याख्या गरिएको छ । यस स्थानलाई पवित्र स्थलको रुपमा लिइएको छ । प्रमुखतः यहाँ पितृकार्यका गर्नका लागि विशेष महत्व रहेको पण्डितहरु बताउँछन् ।

पालिका प्रेस
थप जानकारी