मकवानपुरको प्रशिद्ध ऋषेश्वर छुमिग झ्याङछुपमा गत साउन महिनामा भारत र भुटानसहित नेपालका २१ जिल्लाका तीर्थयात्री पुगेका छन् । ऋषेश्वर छुमिंग झ्याङ्छुप क्षेत्र विकास समितिले छुमिंग झ्याङछुप परिसरमा राखेको आगन्तुक विवरणको आधारमा यो तथ्याङ्क तयार पारिएको हो । ऋषेश्वर छुमिंग झ्याङ्छुपमा १ साउनदेखि ३१ साउनसम्म आएका तीर्थयात्रीहरुको तथ्याङ्कीय विश्लेषण गरिएको छ ।
तथ्याङ्क अनुसार साउन महिनामा ऋषेश्वरमा मकवानपुरबाहेक २० जिल्लाका तीर्थयात्रीहरु पुगेका छन् । तीर्थयात्री स्वयम्ले लेखिदिएको विवरण अनुसार बागमती प्रदेशका जिल्लाहरु धादिङ, चितवन, काठमाडौं, भक्तपुर, ललितपुर, नुवाकोट, रामेछाप, दोलखा र काभ्रे जिल्लाबाट तीर्थयात्रीहरु ऋषेश्वर आएको पाइएको छ । त्यसैगरी ताप्लेजुङ, खोटाङ, ओखलढुंगा, उदयपुर, सुनसरी, सप्तरी र सर्लाही जिल्लाबाट तीर्थयात्रीहरु ऋषेश्वर छुमिग झ्याङछुप पुगेका थिए ।
विवरण अनुसार बारा, रुपन्देही, कैलाली र तनहुँ जिल्लाबाट पनि तीर्थयात्रीहरु आएका छन् । आगन्तुक पुस्तिकाको ठेगाना महलमा कतिपय तीर्थयात्रीहरुले स्थानीय ठेगाना लेखिदिएकोमा यस समाचारमा समग्र जिल्लाको दृष्टिबाट मात्र विवरण राखिएको छ । तथापि साउन महिनामा कुन जिल्लाको कुन क्षेत्रका तीर्थयात्रीहरु बढी ऋषेश्वर छुमिंग झ्याङ्छुप आएका थिए भन्ने विश्लेषण पनि गरिएको छ ।
मकवानपुरको थाहा नगरपालिकासहित भीमफेदी गाउँपालिका, कैलाश गाउँपालिका, हेटौंडा उपमहानगरपालिका र बकैया गाउँपालिकाका तीर्थयात्रीहरु ऋषेश्वर पुगेको तथ्याङ्कमा देखिन्छ । २४ जनाको समूहमा आएको तीर्थयात्रीले ठेगाना जिल्ला अदालत उल्लेख गरेकोले जिल्लाको हिसाबले गणना गर्न सकिएन । साथै साउन महिनामा पाटन हस्पिटलबाट आएका ८ जना तीर्थयात्रीको समूहलाई पनि जिल्ला अन्तर्गत राखेर विश्लेषण गरिएको छैन ।
ऋषेश्वर छुमिंग झ्याङछुप क्षेत्रमा राखिएको आगन्तुक पुस्तिकाको आधारमा मात्र तथ्याङ्कीय विश्लेषण गरिएकोले यसले ऋषेश्वर आएर पुस्तिकामा विवरण छुटेकाहरुको विवरण समेट्दैन । यो सर्वेक्षणको सीमा हो । आगन्तुक पुस्तिकामा आएको मिति, नाम, ठेगाना, संख्या र सम्पर्क नम्बर सम्बन्धी विवरण छ । तीर्थयात्रीहरुले सकेसम्म सम्पर्क नम्बरसमेत प्रष्टरुपमा लेखिदिएका छन् ।
साउन महिनामा ऋषेश्वर छुमिंग झ्याङछुप क्षेत्रमा कति तीर्थयात्री आए, कुन जिल्ला र क्षेत्रबाट कति आए, कुन बार बढी तीर्थयात्री आउँछन् जस्ता विषयहरुमा पनि विश्लेषण गरेको छ ।















































पालिका प्रेस 




प्रतिक्रिया दिनुहोस्