जिल्ला प्रशासन कार्यालय मकवानपुरले अशक्त ज्येष्ठनागरिकको राष्ट्रिय परिचयपत्र बनाउनका लागि घरमै पुगेर सेवा प्रदान गरेको छ ।

१२ भाद्रमा सार्वजनिक विदाको दिनमा समेत हेटौंडा–१० की ७० वर्षीया किरणदेवी रानाभाटलाई राष्ट्रिय परिचयपत्र बनाउन फोटो खिचाउने तथा औँठाछाप लिइएको हो । मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोदसिंह रानाभाटका अनुसार काकीआमा चौबीसै घण्टा अक्सिजनको सहयोगमा राख्नुपर्ने अशक्त भएकाले जिल्ला प्रशासन कार्यालयसम्म लगेर राष्ट्रिय परिचयपत्र बनाउन सम्भव नभएकोले प्रशासन कार्यालयलाई आग्रह गरेपछि घरमै सेवा प्राप्त भएको हो ।

यसअघि पनि जिल्ला प्रशासन कार्यालयले अशक्त नागरिकका लागि घरदैलोमै पुगेर सेवा प्रदान गर्दै आएको छ । यसअघि जिल्ला प्रशासन कार्यालयका अधिकारीले अपाड्डता भएका नागरिकलाई उनीहरुको घरमै पुगेर नागरिकता वितरण गरेको थियो ।

पालिका प्रेस
थप जानकारी