मकवानपुको राक्सिराङ गाउँपालिकाले चेपाङ जातिको महान् पर्व न्वागी (छोनाम) को अवसरमा पालिकाभित्र दुईदिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । गाउँपालिकाले आगामी सोमबार र मंगलबार (भदौ २२ र २३ गते) स्थानीय सार्वजनिक विदा दिने घोषणा गरेको हो ।
चेपाङ समुदायको बाहुल्यता रहेको गाउँपालिकामा यो पर्व विशेष हर्षोल्लासका साथ दुई दिनसम्म मनाइन्छ । भदौ २२ गते राति घर– घरमा प्राकृतिक वनस्पति र नयाँ खाद्यान्न बालीहरू राखेर पूजा गर्ने तथा एकपाखे ढ्याङ्ग्रोे फलाक्ने गरिन्छ । यस्तै, २३ गते बिहान पितृ पूजा गरी नयाँ खाद्यान्न र प्रसाद ग्रहण गरेर आफन्तजनसँग पर्व मनाउने परम्परा रहेको छ । यस वर्ष रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण भएको ठुलो जनधनको क्षतिप्रति सहानुभूति प्रकट गर्दै गाउँपालिकाले पर्वलाई सादगीका साथ मनाउन अपिल गरेको छ ।
नगरपालिकाले एक सूचना जारी गर्दै गाउँपालिकाले विपद् प्रभावित नागरिकहरूप्रति समवेदना प्रकट गर्दै कुनै पनि प्रकारको तडकभडक नगरी आफ्ना परिवार र आफन्तजनसँग सादगीका साथ पर्व मनाउन सबैलाई आग्रह गरेको हो । राक्सिराङ गाउँपालिकामा करिब ४४ प्रतिशत चेपाङ जातिको बसोबास रहेको छ । न्वागी पर्वमा विशष्ोगरी घैया धान, गाभा, निबुवा, घिरौलालगायतका कन्दमूल र नयाँ उब्जनी पितृलाई चढाएर भूमि पूजा गर्ने प्रचलन छ । नयाँबाली पाकेपछि पितृलाई चढाई खाएमा अनिष्ट हुने र पितृ रिसाउने जनविश्वास रहेको छ ।
त्यसैले, चेपाङ झाँक्री (पान्दे) हरूलेरातभर एकपाखे ढ्याङ्गा्रे ठोक्दै, कुखुराको बलि दिएर पितृलाई खुसी पार्ने र अन्न फलाउने भूमिलाई धन्यवाद दिने गर्दछन् ।













































पालिका प्रेस 




प्रतिक्रिया दिनुहोस्