सर्लाहीको हरिपूर्वा नगरपालिका र विष्णु गाउँपालिकाको बजेट पारित नहुँदा कर्मचारी र शिक्षकले साउनदेखि तलब पाएका छैनन् ।
नगरसभाको बैठक समयमा बस्न नसक्दा बजेट पास हुन नसकेको हरिपूर्वाका मेयर विनोदकुमार शाह बताउँछन् । भर्खरै नगरसभाको बैठकले बजेट पास गरेकाले प्रकृया पुरा गरेर तिहार अगाडि तलब दिने उनको दाबी छ । भन्छन्, उनले भने ‘बहुमत नपुगेर समयमा नगरसभाको बैठक बस्न सकेन । बल्ल नगरसभा बसेर बजेट पास गरेका छौं । तिहार अगाडि प्रकृया पुरा गरेर दिन्छौं ।’
‘हामीले विभिन्न कारणले गाउँसभाको बैठक बस्न सकेका छैनौं, तर अब दशैं लगत्तै बस्ने तयारी छ’ उनले भने, ‘हाम्रो चौमासिक तलब दिन्छौं ।’ दशैं लगत्तै गाउँसभाको बैठक बसेर शिक्षक, कर्मचारीको तलबका साथै सामाजिक सुरक्षा भत्ता दिने उनको दाबी छ ।


















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्