जनआन्दोलन र जनयुद्धको जगबाट प्राप्त उपलब्धिहरु संस्थागत गर्नका लागि गठबन्धनलाई विजयी बनाउनुपर्ने एकीकृत समाजवादीका स्थायी समिती सदस्य तथा मकवानपुर–२ का उमेदवार विरोध खतिवडाले बताएका छन । उमेद्वार खतिवडाले एमाले अध्यक्ष केपी शर्मा ओलीको दरवार, लिङ्देल, थापा, सिके राउत र एकनाथ ढकाल जस्ता संग प्यार बढ्दै गएकाले पनि गठबन्धनलाई विजयी गराउनु आवश्यक भएको प्रष्ट्याए ।
नेकपा माओवादी केन्द्र थाहानगरको चुनाव लक्षित विस्तारित बैठकमा सम्बोधन गर्दै खतिवडाले यस्तो बताएका हुन् । खतिवडाले माओवादी आन्दोलन सुरु भएपछि पहिलोपटक माओवादीको एकल बैठकलाई संवोधन गर्ने अवसर मिलेको बताउदै एमाले अध्यक्ष ओलीको गैर संबैधानिक हरकतले गर्दा सम्बोधनको अवसरको अवसर जुटेको सुनाए । उनले ओली र राष्ट्रपति मिलेर संबिधानमाथि धावा बोल्दै संविधानको कागजलाई चटपटे पोको पार्ने साधन बनाएको आरोप लगाउदै झापामा बा, मकवानपुरमा राप्ती पारी काका उठाएर युवाको ध्वाँस लगाइ जनतालाई दिग्भर्मित पार्ने काम एमालेले गरेको बताउदै बताए ।
उनले थाहाको विकासमा एमाले बाधक रहेको बताउदै डोरमणी मुख्यमन्त्री र ओली प्रधानमन्त्री हुन्जेल आफुहरुले आफ्नो चुनावी क्षेत्रको विकासको लागि लगेका योजनामा पुर्वाग्रह राखी बजेट नदिएको आरोप लगाए । आफू मन्त्री भएपछी मकवानपुरमा विकासका योजना थुप्रै कार्यान्वयनमा आएको उल्लेख गर्दै खतिवडाले थाहानगरको चित्लाङमा ३०० जना इन्जिनियर अध्ययन गर्ने प्राविधिक विश्वविद्यालयको लागि १ अर्ब १० करोड बजेट हालेको स्मरण गर्दै थानकोट चित्लाङ सडक चौडा बनाउन ४० करोड बजेट व्यवस्था गरेर काम लगाउँदा एमालेका कोहि नेता चन्द्रागिरी बाटोमा छाता ओढेर बसी ढुङ्गाा बेच्दै बाटो मैले बनाको भनेर भन्ने ? भन्दै प्रश्न गरे । भिमफेदी कुलेखानी सुरुङ मार्गको जनताको ३४ करोडको हिसाब एमालेका नेतासंग भोट माग्न आउँदा सोध्न आग्रह गरे ।
नेकपा माओवादी केन्द्र थाहानगर अध्यक्ष बिनोद कुमार लामाको अध्यक्षतामा भएको बिस्तारित बैठकमा, माओवादी केन्द्रको केन्द्रिय सदस्य प्रल्हाद लामिछाने, प्रदेश कमिटि सचिवालय सदस्य विष्णु विष्ट, प्रदेश कमिटि सदस्य ज्योति रायमाझी, लवशेर बिष्ट, इन्द्र बहादुर श्रेष्ठ, जिल्ला समन्वय समिति संयोजक सर्केश घलान लगायतको आतिथ्यता रहेको थियो । नेकपा माओवादी केन्द्र थाहानगर सचिब लक्ष्मण बिष्ट संचालन गगरेको बैठकमा जनबर्गिय संगठनका केन्द्रिय, प्रदेश, जिल्ला कमिटिका पदाधिकारीहरु, नगर कमिटि सदस्यहरु, वडा कमिटि पदाधिकारी, पार्टी सदस्यहरुको उपस्थिति रहेको थियो ।

















































पालिका प्रेस 





प्रतिक्रिया दिनुहोस्