

मकवानपुरको थाहा नगरपालिकाको विकास घरमा ३१ औं अपाङ्गता दिवस मनायएको छ । थाहा नगरपालिकाको सहयोग तथा अपाङ्ग सरोकार समिति थाहानगरको आयोजनामा दिवस मनाइएको हो ।
दिवसको अवसरमा अपाङ्ता भएकाहरुले आ–आफ्नो प्रतिभा समेत प्रस्तुत गरेका थिए । उनीहरुले गित तथा कविता सुनाएका थिए । अपाङ्ता भएकाहरको पिडा र उनीहरुलाई प्रदान गरिनूपर्ने हक अधिकारमा केन्द्रित गित र कविता सुनाएका हुन् । थाहा नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष हिरेन्द्र कुमार रायमाझीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा अथिगती तथा सहभागीहरुलाई थाहा नगरपालिका सामाजिक विकास समितिका सदस्य पवित्रासिं ठकुरीले स्वागत गरेकी थिइन् ।
अपाङ्गता दिवसको अवसरमा कार्यक्रममा विभिन्न प्रतिभा प्रस्तुत गर्ने थाहा नगरपालिका वडा नम्बर ७ की डोल्मा थिङ, वडा नम्बर ६ का जंग बहादुर कपाली, वडा नम्बर १ का युद्ध बहादुर थोकर र वडा नम्बर १० का विकास थापामगरलाई कार्यक्रमका प्रमुख अतिथी रायमाझीले कदरपत्र हस्तान्तरण गरेका हुन् । कार्यक्रममा थाहानगर क्षेत्रका अपाङ्गता भएकाहरुको उपस्थिती रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्