बालमैत्री पालिका घोषणाको तयारीमा रहेको हेटौंडा उपमहानगरपालिकाले नगरका बिभिन्न वडाहरुका तथ्याङक संककका लागि अनुशिक्षण थालेको छ । २०८० सम्म बालमैत्री घोषणाको तयारीमा रहेको उपमहानगरले नियुक्त गरेको १९ वडाका ३० जना तथ्याङक संकलकहरुलाई अनुशिक्षण गरेको हो ।

अनुशिक्षणका क्रममा संकलकहरुलाई नगरका बिभिन्न वडामा रहेका घरहरुमा रहेको बालवालिका सहितको तथ्याङक संकलनका तरिकाहरु सिकाइने उपमहानगरका महिला तथा वालवालिका महाशाखा प्रमुख बिष्णुकुमारी लामिछानेले बताइन् ।

उपमहानगरले तिन महिना अवधिका लागि नियुक्त गरेको तथ्याङक संकलक टोलीलाई अनुशिक्षणसँगै वडाहरुमा खटाइएको छ । अनुशिक्षणमा हेटौंडा उपमहानगरका प्रमुख मिनाकुमारी लामाले नगरले लिएको लक्ष्यलाई पुरा गर्ने जिम्मेवारी पाएकोमा बधाई दिर्दै द्रिढताका साथ काम गर्न निर्देशन दिइन् । उनले अनुशासित र मर्यादित भएर काममा लाग्दै नगरको बिकासमा सहयोग पु¥याउने जोड दिइन् ।

तथ्याङ संकलकमा जागिर खुवाउन सहयोग गर्ने भन्दै मानिस आउँछन् त्यसो होइन आफ्नो क्षमताका आधारमा उपमहानगरले काममा राखेको बुझ्न आग्रह गर्दै परनिर्भर होइन आत्मनिर्भर भएर कामा लाग्नु पर्ने उनको भनाई थियो । उनले काममा योग्य भएर आएका सबैलाई क्षमताका देखाएर काम गर्न जोड दिइन् । अनुशिक्षणमा तथ्याङक संकलनको लागि आवश्य सफ्वयर निर्माणमा सहयोग गरेको यस्थर बेञ्जामिनका सानु घलानले सहजिकरण गरेका थिए । कार्यक्रम हेटौंडा उपमहानगरपालिका महिला तथा वालवालिका शाखा प्रमुख बिष्णुकुमारी लामिछानेको अध्यक्षतामा भएको थियो ।

त्यस्तै नगरप्रमुख लामाले उपमहानगरपालिकाले १९ वटा वडाका लागि नियुक्त गरेको वडा सहजकर्तासँग भेटघाट गर्दै नगरको उद्देश्य र लक्ष्यलाई सम्झेर काममा लाग्न निर्देशन दिइन् । उपमहानगरले बालमैत्री नगर घोषणाका लागि १ नगर सहजकर्ता, १९ वडा सहजकर्ता र ३० जना तथ्याङक संकलक गरी ५० जनालाई नियुक्त गरेको थियो ।

पालिका प्रेस
थप जानकारी