थाहानगरमा भएको निःशुल्क आँखा परीक्षण शिविरमा ९ सय जनाको आँखा परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये मोतिबिन्दु भएका र २ जना आँखामा मासु पलाएका विरामीको शल्यक्रिया (अप्रेशन) गरिएको छ ।
हेटौंडा सामुदायिक आँखा अस्पतालको आयोजनामा तिलगंगा सामुदायिक आँखा अस्पताल पालुङमा निशुल्क आँखा शिविर भएको हो । शिविरको स्थानीय व्यवस्थापन थाहा नगरपालिका र पालुङ जेसीजले गरेको थियो । शिविरमा अप्रेशन गर्नु पर्ने अवस्था भएकाहरुको १८ र १९ फागुनमा पालुङ आँखा केन्द्रमा अप्रेशन गरिएको तिलगंगा सामुदायिक आँखा अस्पताल पालुङकी प्रमुख बिनी महर्जनले जानकारी दिएइन् ।

फोटो सौजन्यः सुधीर श्रेष्ठ, हेटौंडा सामुदायिक आँखा अस्पताल
शिविरमा थाहा नगरपालिका, इन्द्रसरोवर गाउँपालिका, कैलाश गाउँपालिकाका आँखाका बिरामीहरुले १२ देखि १७ फागुनसम्म आफ्नो आँखा परीक्षण गराएका थिए । शिविरमा पालुङ जेसीजका अध्यक्ष संगम कार्की, महासचिव सञ्जय गोपाली, कोषाध्यक्ष माधव कार्कीको उपस्थिति रहेको थियो । शिविरमा तिलगंगा आँखा अस्पताल काठमाडौंका चिकित्सकको टोलीले आँखा परीक्षण र शल्यक्रिया गरेका थिए ।

















































पालिका प्रेस 





प्रतिक्रिया दिनुहोस्