फोटोः गणेश विष्ट/पालिका प्रेस

थाहा नगरपालिकामा क्रियाशिल पालुङ जेसीजले थाहानगरमा रहेका ऐतिहासिक पुरातात्विक सम्पदा पालुङ गढीकोे संरक्षणका लागि जुटेको छ । ९ जेठमा पालुङ जेसीजले थाहा नगरपालिका वडा नंम्बर २ र ३ को सिमानामा रहेको आकासदेवी डाँडामा रहेको ऐतिहाँसिक र पुरातात्विक महत्व बोकेको गढीको संरक्षण, प्रवद्र्धन र विकासका लागि थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली, थाहा २ का वडा अध्यक्ष बम बहादुर सिन्तान, वडा सदस्यहरु, स्थानीय नागरिकहरु बीच अन्तरक्रिया सहित स्थान परिचय कार्यक्रमको आयोजना गरेको छ ।

फोटोः गणेश विष्ट/पालिका प्रेस

कार्यक्रममा थाहानगरका उपप्रमुख भरत गोपालीले प्राचीन र पुरातात्विक महत्वका सम्पदाहरु दिनप्रतिदिन लोप हुँदै गएकोमा संरक्षणमा ध्यान दिन सबैसंग आग्रह गरेका थिए । थाहा नगरको ऐतिहासिक धरोहरलाई संरक्षण गर्नु स्थानीय तहको पहिलो दायित्व गोपालीको भनाइ थियो । थाहालाई चिनाउन यहाँको पुरातात्विक सम्पदाहरुको संरक्षण जरुरी रहेको उनले सम्पदा संरक्षणमा पालुङ जेसिजले देखाएको चासोप्रती खुशी व्यक्त गरे ।

कार्यक्रममा २ नम्बर वडा अध्यक्ष बम बहादुर सिन्तान, वडा सदस्य युवराज विष्ट, स्थानीय अगुवा गोविन्द कार्की, पालुङ जेसिजका पुर्व अध्यक्ष सानोभाइ कार्कीलगायतकाले सम्पदा संरक्षणमा थाहानगरको नेतृत्वहरु र स्थानीय दुवैले चासो लिनुपर्ने धारणा व्यक्त गरेका थिए । परापूर्व कालमा पालुङ राज्यको दरबार संरक्षणका लागि उक्त डाँडामा गढी रहेको र नेपाल एकीकरणका क्रममा पृथ्बीनारायण शाहले पालुङ राज्यमाथि आक्रमण गरी उक्त पालुङ गढी र पालुङ दरवारलाई ध्वस्त बनाएको किम्बदन्ती रहेको छ ।

फोटोः गणेश विष्ट/पालिका प्रेस

‘हाम्रो सम्पदा परिदृष्य र पुरातन संस्कृतिको प्रवद्र्धन’ भन्ने नाराकासाथ थाहा नगरपालिका वडा नंम्बर २ को आकासदेवी डाँडामा रहेको गढीलाई संरक्षण तथा प्रवद्र्धन गर्न उक्त स्थानमै जनप्रतिनिधि सहित स्थानीयसँग अन्तक्रिया तथा स्थान परिचय कार्यक्रम गरिएको पालुङ जेसीज वर्ष २०२३ का कोषाध्यक्ष माधव कार्कीले बताए । थाहानगर भित्र रहेको ऐतिहासिक तथा पुरातात्विक स्थानको पहिचान गरि त्यसको संरक्षण गर्दै थाहा नगरको पर्यटन प्रवद्र्धनमा सहयोग गर्ने र आफ्नो स्थानमा लुकेर रहेका ऐतिहासिक स्थानको बारेमा प्रचारप्रसार गर्नको लागि कार्यक्रमको आयोजना गरिएको पालुङ जेसीज बर्ष २०२३ का अध्यक्ष संगम कार्कीले बताए ।

कार्यक्रममा पालुङ जेसीजका पूर्व अध्यक्षहरु, बर्ष २०२३ का कार्यसमिति पदाधिकारी, पत्रकार, लगायत स्थानीयहरुको उपस्थिति रहेको थियो।

पालिका प्रेस
थप जानकारी