मकवानपुरको इन्द्रसरोवर गाउँपालिका भित्रका विद्यालयहरुमा आर्थिक कारोवार अब इमिस अन्तर्गतको विद्यालय लेखा प्रणालीबाट संचालन हुने भएको छ । गाउँपालिका अन्तर्गत रहेका २१ वटै विद्यालयहरुका प्रधानाध्यापक र लेखा हेर्ने विद्यालय कर्मचारीहरुलाई ८ देखि १० जेठसम्म तालिम दिए पश्चात् अब प्रणाली मार्फत लेखांकन हुने भएको हो ।

सबै विद्यालयका लागि सफ्टवेयर संचालन तथा लेखांकन सम्बन्धि तालिम सकेपछि यसलाई प्रयोग गरिने भएको गाउँपालिकाले जनाएको छ । तालिमका सहभागीहरुलाई गाउँपालिकाका आन्तरिक लेखा परीक्षक मिलन न्यौपाने र सुचना प्रविधि अधिकृत राजन खतिवडा तथा खरिद प्रकृया सम्बन्धि प्रशिक्षण शिक्षा शाखा प्रमुख धर्मानन्द पन्तले सहजीकरण गरेका थिए ।

कार्यक्रमको एक समारोहकाबीच गाउँपालिकाको अध्यक्ष देवकृष्ण पुडासैनीले उद्घाटन गरेका थिए भने तालिम समापन प्रमुख प्रशासकीय अधिकृत प्रलाद कार्किले गरेका हुन् ।

पालिका प्रेस
थप जानकारी