थाहा नगरपालिकाको आर्थिक सहयोग तथा विकलाङ्ग मित्र समूह तथा अपांग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र बनेपा काभ्रेको आयोजनामा अपाङ्गता चेकजाँच शिविर भएको छ । अपांग सरोकार केन्द्र थाहानगरको संयोजनमा थाहा नगरपालिकाका तीन स्थानमा शारीरिक अपांगतता चेकजाँच घुम्ती स्वास्थ शिविर आयोजना गरिएको हो ।

शिविरमा १८ वर्ष भन्दामुनिका अपाङ्गता भएका बालबालिकासहित अपाङ्गता भएका १ सय २१ जनाले सेवा लिएका थिए । शिविरमा जन्मजात वा पछि खुट्टाको पैतला भित्र÷बाहिर फर्केको, खुट्टालुलो र कमजोर भएको हाड जोर्नी तथा नसा रोगलगायतका रोगहरुको परीक्षण गरिएको शिविरका व्यवस्थापक अपाङ्ग बाल अस्पतालका रुद्र सापकोटाले जानकारी दिए । शिविरमा कृत्रिम अंङ्ग र सहायक उपकरणहरुको आवश्यकता भएकाहरुलाइ निःशुल्क उपकरण वितरण गरिएको थियो ।

नगरको वडा नम्बर ११ र १२ को लागि टिस्टुङ स्वास्थ्य चौकीमा असार ४ गते वडा नम्बर ९ र १० र ६ को लागि चित्लाङ स्वास्थ्य चौकीमा ५ गते र बाँकी वडाको लागि असार ६ गते प्राथमिक स्वास्थ्य केन्द्र दोबाटोमा शिविर संचालन भएको थियो। शिविरमा स्वास्थ्य जाँचका लागि आएकाहरु मध्ये १६ जनालाई सहायक सामाग्री वितरण गरिएको थियो भने १२ जनालाई अस्पताल भर्नाको लागि सिफारिस गरिएको छ । २० जना बालबालिकालाई लामो समयको उपचार गर्नुपर्ने भएकोले अस्पतालमा रिफर गरिएको छ । २ जनाको कृतिम खुट्टा नाप गरी २ जनाको खुट्टा तयार भैसकेकोले लिनको लागि चेकजाँच सहित अस्पताल बोलाइएको शिविर व्यवस्थापक रुद्र सापकोटाले जानकारी दिए।

तीन दिने शिविर समापन कार्यक्रममा थाहा नगरपालिकाको महिला, बालबालिका, जेष्ठ नागरिक तथा अपाङ्ग परिचय वितरण शाखा प्रमुख प्रतिमा मोक्तान, सामाजिक विकास शाखा प्रमुख अनिल लामिछाने, सामाजिक विकास समिती सदस्य पवित्रा सिंह ठकुरी, अपांग सरोकार केन्द्र थाहाका अध्यक्ष मनलाल गोपाली, पत्रकार शम्भु अधिकारीको उपस्थिति रहेको थियो।

पालिका प्रेस
थप जानकारी