मकवानपुरको थाहा नगरपालिको सामाजिक सुरक्षा लाभग्राहीको भत्ता इएफटी गरी पठाउने भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले नमुनाको रुपमा देशभरका ७ सय ५३ मध्ये ५० वटा पालिकामा यो कार्य शुरु गरेसंगै थाहाले भत्ता अनलाईन भुक्तानी थालेको हो ।

चालु आर्थिक वर्षको अन्तिम त्रैमासिकको भत्ता इएफटी गरी पठाइने एमआइएस अपरेटर लक्ष्मण कण्डेलले जानकारी दिए । ‘इएफटीका लागि पालिकाका ४ हजार २ सय १५ लागग्राहीको तथ्याङ्क अद्यावधिक भैसकेको छ, हामी अब लाभग्राहीको खातामा भत्ता दाखिलाका लागि कोष तथा लेखा नियन्त्रक कार्यालयलाई अनुरोध पठाउँछौं’–अपरेटर कण्डेलले भने । थाहा नगरपालिकाको वडा नम्बर १ को ३ सय १३, वडा नम्बर २ को ४ सय ५०, वडा नम्बर ३ को ३ सय ५०, वडा नम्बर ४ को २ सय ७४, वडा नम्बर ५ को २ सय २१, वडा नम्बर ६ को ४ सय ७८, वडा नम्बर ७ को ४ सय ३६, वडा नम्बर ८ को ३ सय ६, वडा नम्बर ९ को ४ सय ४१, वडा नम्बर१० को ३ सय ५६, वडा नम्बर ११ को २ सय ६८ र वडा नम्बर १२ नम्बर वडाको ३ सय २२ जना लाभग्राहीको सामाजिक सुरक्षा भत्ता इफटी मार्फत वितरण हुने नगरपालिकाले जनाएको छ । बागमती प्रदेशका १ सय १९ स्थानीय तह मध्ये थाहा नगरसहित ११ स्थानीय तहले इएफटी मार्फत भत्ता वितरण गर्नका लागि छनोट भएका छन् ।

थाहा नगरपालिका यसअघि अनलाईन घटना दर्ता र पूर्ण रुपमा बैंक मार्फत सामाजिक सुरक्षा भत्ता वितरण शुभारम्भ गर्ने पालिकाको रुपमा राष्ट्रिय रुपमै सम्मानित भैसकेको पालिका हो । थाहानगरलाई वि.सं. २०७४ सालमा तत्कालिन पञ्जिकरण विभागले सम्मान गरेको थियो ।

पालिका प्रेस
थप जानकारी