थाहानगरको हिमालयन इङ्लिस बोर्डिङ स्कूललले २०७९ को माध्यमिक शिक्षा परीक्षा (एसइई)मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गरेको छ । बोर्डिङले एक कार्यक्रमको आयोजना गरी विद्यालयबाट एसइई २०७९ को परीक्षामा थाहा नगरभरीकै सबैभन्दा बढि जिपिए ३.९ ल्याउने परिक्षित रायमाझी र ३.६५ जिपिए ल्याउने निरुता रायमाझीलाई सम्मान गरिएको प्रधानाध्यापक बाबुलाल कार्कीले जानकारी दिए ।
नगर उत्कृष्ट हुने परिक्षित रायमाझीलाई नगद १० हजार ५ सय र निरुता रायमाझीलाई नगद ५ हजार ५ सय र सम्मानपत्र सहित विद्यालयले सम्मान गरेको हो । हिमालयनबाट एसइईमा ३४ जना विद्यार्थी सहभागी थिए । त्यसैगरी विद्यालयले कक्षा ८ को नगरस्तरिय परिक्षामा नगर दोस्रो र तेस्रो हुने विद्यार्थी अरबिन कुमार कार्की र प्रनिसा केसीलाई समेत सम्मान गरेको छ । नगरस्तरीय परीक्षा कक्षा ८ मा उत्कृष्ट जिपिए ल्याउने दुबै विद्यार्थीलाई आंशिक छात्रवृत्ति र सम्मान पत्र सहित सम्मानित गरिएको हो ।
विद्यालयका प्रधानाध्यापक बाबुलाल कार्कीको सभाध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर ४ का वडा अध्यक्ष नारायण लामाको प्रमुख आतिथ्यता तथा विद्यालयका संस्थापक सानोभाइ कार्कीको विशिष्ट आतिथ्यता रहेको थियो । कार्यक्रमको अवसरमा उत्कृष्ट हुने विद्यार्थीका अभिभावक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक, विद्यार्थीको उपस्थिति रहेको थियो ।


















































पालिका प्रेस 




प्रतिक्रिया दिनुहोस्