थाहा नगरपालिकाको ११ को विद्यालय बागेश्वरी माविलाई विद्यालय बस सहयोग भएको छ । बागमती प्रदेश सामाजिक विकास मन्त्रालय मार्फत विद्यालय बस सहयोग भएको हो । प्रदेश सरकारले सामुदायिक विद्यालयमा बालबालिकाको सहज पहुँचका लागि यातायात सेवामा सहयोग गरेको हो । अब विद्यालयले बस संचालन गरी बालबालिकालाई सजिलै विद्यालय आउन र घर फर्कन सजिलो बनाइने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनेश बलले जानकारी दिए ।

वडाध्यक्ष समेत रहेका बलले भने–“बस सञ्चालन हुने भएपछि विद्यालयसँग आफ्नो घरको भौतिक दूरी टाढा भएका विद्यार्थीलाई सहजता मात्र पुगेको छैन, अभिभावकले पनि ढुक्कसँग आफ्ना नानीबाबुहरुलाई सामुदायिक विद्यालय पठाउन पाउनेछन ।’

साविक टिष्टुङ गाविस हाल थाहाको ११ र १२ को एउटै मात्र माध्यमिक रहेको छ । विद्यालय टाढा हुँदा आर्थिक अवस्था कमजोर भएका अभिभावकलाई बालबालिका विद्यालय पठाउन निकै समस्या परेको थियो । विद्यालयमा सबै कक्षाका विद्यार्थीलाई नेपाल सरकार र प्रेमसागर फाउण्डेशनको समेत सहयोगमा निःशुल्क खाजा समेत खुवाइँदै आएको विद्यालयका प्रधानाध्यापक बिरमान स्याङ्तानले बताए ।

बाल कक्षादेखि १२ सम्म पढाई हुने विद्यालयमा थाहा ११ र १२ का खाप्लुङ, देउराली, गैरिगाउँ, तारुका, दोभानखोला, जगडाँडा, डाँडिघाट, ठाडे, मालागिरी, नौखण्डे, नागछेडा, गैरिगाउँ लगायतका स्थानका बालबालिकाहरु अध्ययनरत छन् । करिब विद्यालयमा ६ सय विद्यार्थीले अध्यन्त सो विद्यालयमा बससेवा आवश्यक हुने झण्डै तीनसय विद्यार्थी रहेका छन् ।

पालिका प्रेस
थप जानकारी