मकवानपुर थाहा नगरपालिका वडा नम्बर ४ को कार्यालयले दुई जना अपांगता भएका व्यक्तिको घरैमा पुगेर सिफारिस गरेको छ । वडाको सेवालाई नागरिकको अवस्थालाई हेरेर घरैमा पुगेर सिफारिस गरिएको वडाध्यक्ष नारायण लामाले बताए ।

थाहाको ४ नम्बर वडाको किटेनीका रामचन्द्र अधिकारीका पुर्ण अपांगता भएका २० वर्षिया छोरा प्रज्वल अधिकारी र सोही स्थानका सानीकान्छी घलेका छोरा ३२ वर्षिया ओम बहादुर घलेको नागरिकताका लागि घरैमा पुगेर सिफारिस गरेको हो । उनीहरु दुबैको वडा कार्यालय आफैले जिल्ला प्रशासन कार्यालय मकवापुरमा लगेर नागरिकता दिलाउने वडाध्यक्ष लामाले बताए । वडा अध्यक्ष नारायण लामाका अनुसार–‘अपाङ्गता भएका दुबै जनालाई वडासम्म ल्याएर सिफारिस दिलाउन गाह्रो भएकोले उमेर पुग्दा पनि नागरिकता बनाउन नसकिएको हो ।’ नागरिकता बनाइदिए पछि सरकारबाट पाउने सेवा सुविधाका लागि थप सहज हुने भएकोले यस सम्बन्धी प्रक्रिया अघि बढाइएको अध्यक्ष लामाको भनाइ छ ।

वडा क ार्यालयले गरेको सहयोगको प्रशंसा गर्दै प्रज्वलका बाबु रामचन्द्र अधिकारीले वडा कार्यालयले अभिभावककै भूमिकामा रहेर सहयोग गरेको बताए । उनले भने–‘अब छोराले नागरिकताकै कारण पाउने सुविधाबाट वञ्चित हुँदैन ।’ २० वर्षिया प्रज्वलको जन्मेको केही महिनामा नै शरीरको कुनै अंग नचल्ने भएको थियो भने ओम बहादुर मानसिक अपाङ्कता छन् ।

पालिका प्रेस
थप जानकारी