आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको तयारीका क्रममा मकवानपुरको मनहरीमा राजनीतिक उथलपुथल देखिएको छ । नेकपा एमाले मनहरी गाउँपालिका कमिटीको विस्तारित बैठकमा नेपाली कम्युनिस्ट पार्टी नेकपाका पालिका उपाध्यक्षसहितका प्रभावशाली नेताहरू एमालेमा फर्किएका छन् । नेकपा एमालेबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार महेश कुमार बर्तौलाले नेकपाका मनहरी उपाध्यक्ष राम बहादुर दर्जी, अनेमसंघ समाजवादीकी अध्यक्ष बुद्दिमाया तामाङ लगायतका नेताहरूलाई पार्टीमा स्वागत गरे ।

पार्टी प्रवेश गर्दै उपाध्यक्ष दर्जीले भने, एमालेमा पुनः आउन पाउँदा हामीलाई आफ्नै घर फर्किएको आभास भएको छ । अबको हाम्रो सम्पूर्ण शक्ति एमालेलाई विजयी गराउन केन्द्रित हुनेछ । अघिल्लो निर्वाचनमा महेश बर्तौलाको विपक्षमा उभिएर बिरोध खतिवडाको कमान्ड सम्हालेका संविधान सभा सदस्य राजाराम स्याङ्तान यतिबेला बर्तौलाको मुख्य चुनावी कमान्डरका रूपमा मैदानमा उत्रिनुभएको छ । बैठकमा बोल्दै स्याङ्तानले विगतमा आफूलाई संविधान सभा सदस्य बनाउन सहयोग गर्ने बर्तौलालाई यसपटक मनैदेखि सघाउन निर्वाचन परिचालन कमिटीको सह(संयोजकको जिम्मेवारी लिएको बताए ।

कार्यक्रममा मनहरीका पूर्व अध्यक्ष एकाराज उप्रेतीले मनहरीको मुख्य टाउको दुखाइ बनेको मध्यवर्ती क्षेत्रुको समस्या समाधान गर्न बर्तौलाको विकल्प नभएको बताए । उम्मेदवार महेश कुमार बर्तौलाले आफ्नो ३२ महिनाको कार्यकालको समीक्षा गर्दै ५ वर्षका लागि पठाए पनि परिस्थितिवश ३२ महिना मात्र काम गर्न पाइयो, बाँकी काम अब पूरा गर्ने बताउ । भूमिहीन र अव्यवस्थित बसोबासको समस्या हल गर्न र मध्यवर्ती क्षेत्रको कानुनी जटिलता सुल्झाउन मैले नीतिगत तहमै काम सुरु गरिसकेको छु ।

एमाले मनहरीले फागुन २१ को निर्वाचनका लागि मनहरीमा आफ्नो संगठनलाई पूर्ण रूपमा परिचालन गर्ने निर्णय गरेको छ । बैठकमा एमालेकी केन्द्रिय सदस्य भारती पठक, जिल्ला कमिटी सदस्य बिरेन्द्र डिसी, लक्ष्मण उप्रेती, कृष्ण लामिछाने, शिव कुमार रिजाल, गिता प्रजा, बर्तौलाको चुनावी फोकल व्यक्ति आशिष अस्लामी, विद्यार्थी नेरा प्रभाष घिमिरे लगायतको उपस्थिति रहेको थियो ।

पालिका प्रेस
थप जानकारी