मकवानपुर थाहा नगरपालिका क्षेत्रका निजी विद्यालयहरुले अब आइतबार पुनः पठनपाठन सुरु गर्ने तयारी गरेको छ । यसअघि संघीय सरकारको निर्देशन अनुसार आइतबार बिदा गर्न थाहा नगरपालिकाले सूचना जारी गरेपछि निजी विद्यालयहरुले पठनपाठन रोकेका थिए ।
संघीय सरकारको निर्णय पछि पनि बैशाख महिनाभर आइतबार विद्यालय सञ्चालन गरेको निजी विद्यालयहरुले स्थानीय सरकारको निर्देशन पछि जेठ महिनामा आइतबार बिदा गरेको थियो । केहि निजी विद्यालयहरु जेठ महिनामा पनि आइतबार विद्यार्थी बोलाएर अतिरिक्त क्रियाकलाप तथा परीक्षाहरु सञ्चालन गरेको थियो ।
“कक्षा ४–५ विद्यार्थी मूल्यांकन मार्गदर्शन २०८३ लाई पालना गर्न कै लागि पनि अब आइतबार विद्यालय सञ्चालन गरिए भने विद्यार्थी माथि अन्याय हुनेछ“ प्याव्सन थाहा नगर अध्यक्ष सुरेन्द्रमान प्रधानले भने, “अब अभिभावकहरुकै दबाब पनि सहन सक्ने अवस्था रहेन र पाठ्यक्रम विकास केन्द्रले जारी गरेको मूल्यांकन मार्गदर्शनलाई हुबहु प्रयोग गरेर त्रैमासिक परीक्षा हटाउने हो भने पनि आइतबार पठनपाठन हुन आवश्यक छ । केही विद्यालयहरुले आइतबार अतिरिक्त क्रियाकलाप गरिरहेको छ, अब सबै संस्थागत विद्यालयहरुले आइतबार नियमित रुपले सञ्चालन गर्ने तयारी गरेका छौँ । सम्बन्धित निकायले यसलाई सकारात्मक ढंगबाट लिने कुरामा हामी विश्वस्त छौँ ।“
थाहानगरमा कुल ६४ वटा विद्यालयमध्ये १० वटा निजी विद्यालय सञ्चालनमा छन् । गत एसईईमा मकवानपुरमा ६ वटा विद्यालयले शत प्रतिशत नतिजा ल्याएकामध्ये थाहाका ३ निजी विद्यालय रहेका छन् ।


















































पालिका प्रेस 















प्रतिक्रिया दिनुहोस्