मकवानपुर थाहा नगरपालिकाको पालुङमा सम्पदा तथा संग्रहालय सम्बन्धी समुदाय अभिमुखीकरण कार्यक्रम भएको छ । हनुमानढोका दरबार संग्रहालयको आयोजनामा २९ असारमा थाहा नगरपालिकाको २ नम्बर वडा कार्यालयमा कार्यक्रम भएको थियो ।
थाहा नगरपालिका २ नम्बर वडाध्यक्ष बम बहादुर सिन्तानको सभाध्यक्षतामा भएको कार्यक्रममा २ नम्बर वडा क्षेत्रका स्थानीयहरुको उपस्थिती रहेको थियो । अभिमुखीकरण कार्यक्रममा नेपालका साँस्कृतिक धरोहर तथा सम्पदाहरु र थाहा नगरपालिका क्षेत्रको सम्पदा संरक्षणका विषयमा वृहत छलफल भएको थियो ।

कार्यक्रमका सहभागीहरुलाई हनुमानढोका दरबार संग्रहालयका कार्यकारी निर्देशक काजीमान प्याकुरेल, संग्राहलय अधिकृत शारदा शिवाकोटी, पुरातत्व अधिकृत सविता कुमारी जोशीलगायतले सहजीकरण गरेका थिए । उनीहरुले काठमाण्डौंसँगै जोडिएको थाहा नगरपालिका क्षेत्र सम्पदा र संस्कृतिका दृष्टिकोणले महत्वपूर्ण संग्रहित गर्नुपर्ने क्षेत्रको रुपमा रहेको चर्चा गरे । उनीहरुले पालुङको ऐतिहासिक नारायणथानको पुरातात्विक मूर्तिको सवालदेखि नेपालकै पुरानो टिष्टुङ (बज्रवाराही)को शिलालेखसम्मका विषयमा छलफल चलाएका थिए ।

कार्यक्रममा मुलुक संघीयतामा गएपश्चात् स्थानीय सम्पदाको अभिलेखीकरण र स्थानीय संग्रहालयको स्थापना संचालन तथा व्यवस्थापन स्थानीय सरकारले गर्ने अधिकार क्षेत्रको विषयमा समेत छपफल भएको थियो । सो अवसरमा नगरपालिकाले संग्रहालय स्थापनामा अग्रसर हुनुपर्नेमा जोड दिइएको थियो । भौतिक सम्पत्ती भन्दा पनि साँस्कृतिक सम्पत्ती महत्वपूर्ण हुनेमा सरोकारवालाहरुले जोड दिएका थिए ।
कार्यक्रममा संग्रहालयका आर्थिक प्रशासन प्रमुख बोमलाल पराजुली, गौतम घर्ती, वडा सदस्यहरु, स्थानीय साँस्कृतिक तथा सम्पदा समितिका पदाअधिकारीहरु लगायतकाको उपस्थिती रहेको थियो । सो अवसरमा सथानीयहरुले कार्यक्रम महत्वपूर्ण र फलदायी भएको प्रतिक्रिया दिए । स्थानीय तहले प्रकृतिसँगै संस्कृति र सम्पदाको संरक्षणका लागि पुरात्त्व विभाग तथा संग्रहालयलगायतका संघीय सरकारको नियकायहरुसँग समन्वय र सहकार्य बढाउनुपर्ने स्थानीय निरोज प्रधानले प्रतिक्रिया दिए ।



















































पालिका प्रेस 














प्रतिक्रिया दिनुहोस्