हेटौंडा उपमहानगरपालिकाले नगर क्षेत्रका अन्य वडाहरुमा सडक निर्माणको काम द्रुतगतिमा चलिरहेको शहरी पुर्वाधार विकास महाशाखा प्रमुख सत्यनारायण शाहले बताए । उपमहानगरले चालु आर्थिक बर्षको पहिलो चौमासिकमा २५८ योजना सम्झौता भएकोमा ४८ वटा सम्पन्न भएका छन् भने २१० वटा कार्यान्वयनको चरणमा र गत आर्थिक वर्ष २०७८÷०७९ मा जिम्मेवारी सरेका मध्य ८४ योजनाका काम सम्पन्न महाशाखाले जनाएको छ ।

उपमहानगरको पुर्वाधार बिकास कार्यक्रम अन्तरगत चालु आर्थिक बर्षको पहिलो चौमासिकमा ३ किलोमिटर कंक्रिट सडक, ४ वटा कल्र्भट, १ वटा शैक्षिक पुर्वाधार, ३ वटा गुम्बा, १० वटा मन्दिर, १ तटबन्धन, ४ शौचालय १२ सामुदायीक भवन, १ मदरसा र ४ वटा पार्कहरु निर्माणको काम सम्पन्न भएको बताइएको छ । महाशाखाको पुर्वाधार विकास कार्यक्रमतर्फ योजना तथा कार्यक्रम अनुगमन जाँचपास तथा फरफरक सिफारीस समितिले १३२ योजनाको अनुगमन तथा मुल्याङकन गरेर फरफारकका लागि कार्यालयमा सिफारीस गरेको छ भने अन्य महाशाखाले गरेको ९ वटा योजना अनुगमन गरी भुक्तानीका लागि सिफारीस गरेको बताइएको छ ।

त्यस्तै पुर्वाधार विकास कार्यक्रम अन्तरगत उपमहानगरले हेटौंडा १ चौकिटोलमा ३३ लाख ६६ हजार रुपियाँको लागत सहभागिता तथा अन्य जिन्सी समान उपलव्ध गराएर हेटौंडा १० टिसीएनमा रहेको तरकारी बजार स्थानान्तरको काम भएको महाशाखा प्रमुख शाहले जानकारी दिए ।

यसैबीच कंक्रिट ढलान सडक निर्माणमा जुटेको हेटौंडा उपमहानगरपालिकाको दुई स्थानमा स्ल्याव ढलान (कंक्रिट) सडकको शिलान्यास गरिएको छ । चालु आर्थिक बर्ष २०७९÷०८० मा बजेट पुस्तिकमामा समेटिएको योजना अनुसार हेटौंडा–१ लालझाडिको बाराहि, धाप र भट्टे टोल जाने र हेटौंडा–१२ को केनाम टोल जाने सडक बिहीवार हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मिनाकुमारी लामाले शिलान्यास गर्नु भएको हो ।

हेटौंडा–१ र १२ मा उपमहानगरपालिकाले चालु बजेट शिर्षकबाट बिनियोजन गरेको रकमबाट काम थालिएको हो । सडकको शिलान्यास गर्दै नगर प्रमुख लामाले गुणस्तरीयतामा ध्यान दिन निर्माण उपभोक्ता समितिलाई सचेत गराइन् । उनले निर्माण सम्पन्न भएपछि अनुगमनका क्रमममा त्रुटि पाइएमा गुनासो नगर्ने गरी काम गर्न सुझाब दिइन् । ‘हामी नगरको विकासका लागि काम गरीरहेका छौं, नगरवासीले पनि हामिले बनाएका योजनालाई आत्मसाथ गर्दै नगरको समग्र बिकासमा सहयोगि बने मात्र कामले सार्थकता पाउँछ ।’ नगर प्रमुख लामाले भनिन् ।

पालिका प्रेस
थप जानकारी