कुनैबेला खोलातर्न साँघुसमेत नहुँदा खेतबारीमा उम्रिएको तरकारी कुहाएर राख्न बाध्य मकवानपुरगढीको ६ नम्बर वडाका किसानको हालको दैनिकी फेरिएको छ । वडा कार्यालयसमेत रहेको ६ नम्बर वडाको डुम्रेकुनामा बाक्लो बस्ती छ । सामरी खोलासँगै रहेको डुम्रेकुनाबासीलाई विगतमा खोलातर्ने साँघु नहुँदा तरकारी हेटौंडा बजारसम्म ल्याउन मुस्किल थियो ।

मकवानपुरगढीको ६ नम्बर र २ नम्बर वडा जोड्ने सोल्टीमोडमा १४ करोड लागतमा पक्की पुल बनेपछि यस ठाउँको मुहान नै फेरिएको छ । डुम्रेकुनाबासीको हरेक वर्खामा हेटौंडासँग सम्पर्क टुट्ने गरेको थियो । पुल नहुँदा बर्खामा आउने बाढीले सदमुकामसँग सम्पर्क टुट्दा धेर समस्या व्यहोरोको स्थानीय राजेश चौलागाईं बताउँछन् । म क व ा न प ु र ग ढ ी गाउँपालिकाको तीन वटा वडा जोड्ने पक्की पुल निर्माण भएपछि अवस्था फेरिएको उनले सुनाए । संघीय सर कारको १४ करोड रुपैयाँ लागतमा पुल निर्माण गरिएको हो । मकवानपुर गढी गाउँपालिकाको वडा नम्बर–६ डुम्रेकुना र वडा नम्बर–२ र ३ सोल्टीमोड जोड्नका लागि पुल निर्माण भएको छ । पुल निर्माण कार्य पूर्ण रुपमा सम्पन्न भएर सवारीसाधन नियमित सञ्चालन भइरहेको गाउँपालिका कार्यालयका योजना शाखा प्रमुख प्रकाश न्यौपानेले बताए ।

पुल बनेपछि वडाबासीलाई मात्र नभए सिंगै गाउँपालिकाबासीलाई आवतजावतमा सहज भएको मकवानपुरगढी गाउँपालिकाका निवर्तमान अध्यक्ष बिदुर हुमागाईंले बताए । हुमागाईंकै कार्यकालमा पुलको शिलान्यास गरिएको थियो । उनको पहलमा संघीय सरकारबाट आएको बजेटबाट पुल बनेको हो । मकवानपुरगढीलाई सामरी खोलाले दुई भागमा विभाजन गरेको छ । स्थानीय सरकार बन्नुअघि सामरी खोलामा एउटा साँघुसमेत थिएन् । पहिलो जनप्रतिनिधिका रुपमा हुमागाई आएपछि सामरी खोलामा हाल साना ठूरा गरी एक दर्जन पुल निर्माण भएका छन् । हुमागाईकै कार्यकालमा बजेट बिनियोजन भएकोबाट ७ र ८ नम्बर वडामा पुल निर्माणको प्रक्रिया अघि बढेको छ । डुम्रेकुनामा पुल निर्माण भएपछि शहिद बासुदेव मार्ग र कान्तिलोकपथ सडक जोड्न सहज भएको निवर्तमान गाउँपालिका अध्यक्ष हुमागाईले बताए ।

पालिका प्रेस
थप जानकारी