सुरक्षित आवास समन्वय समिति मकवानपुरको बैठकले जिल्लाका ३ सय ८६ घरको खरको छानो हटाएर जस्तापाता लगाउन अनुदानका लागि सिफारिस गर्ने निर्णय भएको छ । मकवानपुर क्षेत्र नम्बर २ का सांसद महोश कुमार बर्तौलाको अध्यक्षतामा १३ जेठमा बसेको बैठकले हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका, राक्सिराङ गाउँपालिका र कैलाश गाउँपालिका भित्रका ति परिवारको घरको छाना जस्तापाता लगाउन अनुदानका लागि सिफारिस गर्ने निर्णय भएको हो ।

सरक्षित नागरिक आवास कार्यान्वयन कार्यविधि, २०७५ को अनुसूची १ बमोजिमको प्राप्ताङ्कको आधारमा लाभग्राही छनोट हुने व्यवस्था रहेको छ । सघन शहरी तथा भवन निर्माण आयोजनामा मकवानपुरका स्थानीइ तहले पठाएको लाभग्राहीको कागजातसहितको सिफारिसका आधारमा १३ जेठको बैठकले छनोट गरेको हो । यसरी छनोट हुनेमा थाहानगरको ११२ परिवार ररहेका छन् । छनोट भएका लाभग्राही वडा नम्बर १, ३, ४, ९, १० र १२ का रहेका छन् । त्यसैगरी १३ जेठकै बैठकमा बैठकमा हेटौंडा उपमहानगरको ५९ परिवार, राक्सिराङको ११५ र कैलाश गाउँपालिकाको १०० परिवार रहेका छन् ।

 बैठकमा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मिना कुमारी लामा, राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल, कैलाश गाउँपालिकाका अध्यक्ष लोक बहादुर मुक्तान, बकैयाँ गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछाने लगायतकाको सहभागिता रहेको थियो ।

यस्तो छ निर्णयः

पालिका प्रेस
थप जानकारी