मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ३ शिखरकोट बजारबाट लागू औषध चरेश सहित दुई भारतीय नागरिक पक्राउ परेका छन ।
विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पालुङको टोलीले कैलाश गाउँपालिकाको गल्छीबाट हेटौंडा जाने यात्रुबाहक बसमा २४ साउनमा चेकजाँच गर्ने क्रममा बसमा सवार भारत विहार राज्य सितामढी बस्ने ४५ वर्षिय को सुधीर सिंह र ७५ वर्षिया रेणुदेवी चौधरीलाई ६ किलो चरेश सहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय पालुङले जानकारी दिएको छ ।
दुबै जनाले तिघ्रामा लुकाएर ल्याएको चरेशलाई प्रहरीले शिखरकोटमा चेक जाँच गर्ने क्रममा पक्राउ गरेको हो। पक्राउ परेका दुवै जनालाई लागू औषध नियन्त्रण ऐन २०३३ अन्तर्गत अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।
















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्