तत्कालीन भारतीय विदेश सचिव के. पी. एस. मेननले भारतका लागि नेपाली राजदूत विन्देश्वरी शाहलाई कार्यालयमै बोलाएर नेपालले चीनबाट हतियार ल्याएको विषयलाई कडा शब्दमा प्रतिवाद गरेछन् । उनले ‘ती हतियारहरु कस्का विरूद्ध प्रयोग गर्न ल्याइएको ?’ भनी प्रश्न मात्र गरेनन्, ‘भविष्यमा नेपालले यसको महँगो मूल्य चुकाउनुपर्ने’ चेतावनीसमेत दिए ।

श्रम स्वीकृति सम्बन्धी व्यवस्था भारतीयहरु विरूद्ध केन्द्रित रहेको आरोप लगाए । नेपालको पूर्वाधार विकासमा भारतले उदारतापूर्वक सहयोग गरेको तर नेपालले त्यसलाई कहिल्यै महत्व नदिएको गुनासोसमेत गरे । २०४५ असोजमा सार्क अध्यक्षको नाताले राजा वीरेन्द्रले नयाँ दिल्ली भ्रमण गर्दा भारतका प्रधानमन्त्री राजिव गान्धीले पुनः सो विषय उठाएका थिए । राजा र गान्धीबिचको कुराकानीबाट पनि भारत सन्तुष्ट हुन सकेन ।
चीनबाट हतियार खरिद, श्रम स्वीकृति लगायत विभिन्न घटनाक्रमबाट चिढिएको भारतले योजनाबद्ध ढङ्गबाट नेपाल विरूद्ध सञ्चार माध्यममार्फत प्रहार सुरू ग¥यो । त्यस क्रममा झन्डै एक वर्ष नेपाल र भारतबिच ‘मिडिया वार’ जारी रह्यो । त्यतिखेर नाम चलेका भारतीय दैनिक तथा साप्ताहिक पत्रिकाहरुका अतिरक्त टेलिभिजन र रेडियोहरुले समेत एकनास एकै प्रकारको शैलीमा नेपाल विरूद्ध भ्रम सिर्जना गर्ने प्रयास गरिरहे ।
- कमल थापाले लेख्नुभएको नाकाबन्दी र भूराजनीति पुस्तकको केही अंशः बाँकी किताबमा ।
















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्