अबैध गाँजा तथा अफिम खेतीको बिकल्पमा कफीखेती गर्ने सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । २५ साउनमा ईलाका प्रहरी कार्यालय मनहरीमा, बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा र जिल्ला प्रहरी कार्यालय मकवानपुरको समन्वय तथा सहकार्यमा समुदाय प्रहरी साझेदारी अवधारणा अनुरुप सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

मकवानपुरको अवैध गाँजा तथा अफिमखेतीलाई वैकल्पिक नगदेवाली तर्फ आकर्षित तथा प्रोत्साहन गर्दै कफीखेतीमार्फत किसानको आयआर्जन एवं जीवनस्तर उकास्ने अभिप्रायले कार्यक्रम गरिएको हो । राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्ल र मास्के मल्टीपर्पोज एग्रिकल्चर एन्ड रिसर्च प्रा.लि.का कार्यकारी निर्देशक धनबहादुर श्रेष्ठबीच चालु आर्थिक वर्ष २०८०÷८१ मा ३ लाखवटा कफीका तयारी विरुवा निःशुल्क रुपमा उपलब्ध गराउने सम्झौता भएको हो ।

गाउँपालिका र प्रालिबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । राक्सिराङ गाँउपालिकाका अध्यक्ष मल्लको अध्यक्षतामा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रमुख प्रहरी नायब महानिरीक्षक किरण राणाको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । प्रहरी वरिष्ठ उपरीक्षक दीपक रेग्मी, राक्सिराङ गाँउपालिका उपाध्यक्ष वनस्थम थिङ, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरीउपरीक्षक सीताराम रिजाल, सञ्चारकर्मीलगायतको उपस्थिति सम्झौता भएको हो ।

पालिका प्रेस
थप जानकारी