पश्चिम मकवानपुरको मनहरी गाउँपालिका–७ मा आदिवासी जनजाति समुदायको पहिचान झल्कने सामग्री संकलन गरी आदिवासी जनजाति संग्राहालय स्थापना गरिएको छ । मनहरी गाउँपालिकाले दुई आर्थिक वर्षमा गरी ३५ लाख रुपैयाँ लगानी गरी बुद्धशान्ति हरित पार्क क्षेत्रमा भवन निर्माण सम्पन्न गरेपछि संग्राहालय सञ्चालनमा ल्याइएको हो । जिल्ला प्रशासन कार्यालय मकवानपुरमा संस्था दर्ता गरी सञ्चालन गरिएको संग्राहालयका संस्थापक अध्यक्ष खुरीलाल मोक्तानले जानकारी दिए ।
उनका अनुसार संग्राहालयमा विभिन्न आदिवासी जनजातिले दैनिक जीवनमा प्रयोग गर्ने परम्परागत सामग्री संकललन गरी प्रदर्शन गरिएको छ । त्यसका लागि संग्राहालय हरेक शनिबार खुला रहने व्यवस्था गरिएको छ ।
संग्राहालयमा जनजाति समुदायले माछा मार्न प्रयोग गर्ने ढडिया, फुर्लुङ, मकै पिस्ने जाँतो, गुलेली, पुरानो तराजु, हँसिया सेट, सिङी लेटर, ढ्याङ्गो्रे, फेङ्डा लगायतका सामग्री राखिएको छ । “आदिमा अध्ययन गर्ने नयाँ पुस्ताका लागि अध्ययनको विषयवस्तु बनोस् भनेर हामीले संग्राहालय स्थापना गरेका हौँ,” अध्यक्ष मोक्तानले भने, “स्थानीयले दान दिएका सामग्री पनि राखेका छौँ । भविष्यमा यसलाई व्यवस्थित बनाउन थप सामग्री सङ्कलन गर्ने योजना रहेको छ ।”
पश्चिम मकवानपुरको राक्सिराङ, कैलाश र मनहरी गाउँपालिकामा जनजाति समुदायको बसोबास बढी रहेको छ । आफ्नो पहिचान मेटिँदै गएकोले संग्राहालय स्थापना गरिएको भन्दै जनजाति अगुवाले बताएका छन् ।
















































पालिका प्रेस 








प्रतिक्रिया दिनुहोस्