मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले आइतबारको बिदाका कारण विद्यालयको शैक्षिक क्यालेन्डर र पाठ्यक्रम (कोर्स) प्रभावित हुन नदिन स्थानीय तहहरुले ठोस योजना बनाउनपुर्ने बताएका छन्।
सरकारले परीक्षणका रुपमा लागू गरेको हप्ताको दुई दिन बिदाको निर्णय र विद्यालय क्षेत्रमा पारेको प्रभावबारे सम्बन्धित स्थानीय तहले नै निर्णय गरेर अघि बढ्नु पर्ने उनले बताए । प्रजिअ अधिकारीका अनुसार शिक्षा मन्त्रालयले अहिले वार्षिक बिदाहरु कटौती गर्ने र पाठ्यक्रमलाई कसरी व्यवस्थापन गर्ने भन्नेबारे गृहकार्य गरिरहेको छ । गत आइतबार जिल्लाका केही विद्यालय खुलेका र केही बन्द रहको कारण अन्योल सिर्जना भएको थियो । आगामी दिनमा यस्तो अन्योल हटाउन शिक्षा शाखा र स्थानीय तहका प्रमुखहरुसँग समन्वय भइरहेकोप्रजिअ अधिकारीले बताए ।
‘आइतबारको समयलाई खेलकुद वा अतिरिक्त क्रियाकलापमा प्रयोग गर्ने वा विद्यालय नै सञ्चालन गर्ने भन्ने विषयमा शिक्षा मन्त्रालयको स्पष्ट निर्देशन आउन बाँकी छ । तर स्थानीय तहले आफ्नो क्षेत्रभित्रका सरोकारवालाहरुसँग छलफल गरी व्यावहारिक निर्णय लिन सक्छन् ।’ उनले भने । उनले सरकारी विद्यालय बन्द हुनु निजी विद्यालय खुल्ने अवस्था आउनु राम्रो नभएको बताए । उक्त विषयमा जिल्लाभित्रका १० वटा स्थानीय तह र हेटौंडा उपमहानगर पालिकाबीच समन्वय हुनुपर्ने बताए । सबै स्थानीय तहले एउटै नीति बनाउँदा कार्यान्वयनमा सहज हुने उनको भनाई छ ।
















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्