कैलाश गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रूपमा सरुवा भई आउनु भएकी सिता कुमारी खत्रीको भव्य स्वागत गरिएको छ । गाउँपालिकाको कार्यालय परिसरमा आयोजित स्वागत कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी तथा स्थानीय सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष तथा अन्य जनप्रतिनिधिहरूले खत्रीलाई स्वागत गर्दै उनको कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका थिए । उनीहरूले गाउँपालिकाको समग्र विकास, सुशासन प्रवद्र्धन तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउन नयाँ प्रमुख प्रशासकीय अधिकृतको भूमिका महत्वपूर्ण रहने विश्वास व्यक्त गरे ।

स्वागत मन्तव्यका क्रममा श्री सिता कुमारी खत्रीले आफूलाई दिइएको जिम्मेवारीप्रति प्रतिबद्ध रहेको बताउँदै गाउँपालिकाको विकास, पारदर्शिता र जनमुखी सेवा प्रवाहमा केन्द्रित भएर काम गर्ने प्रतिवद्धता व्यक्त गरिन् । सबैको सहकार्य र समन्वयबाट मात्र लक्ष्य हासिल गर्न सकिने भएकाले सहयोगका लागि सबैमा आग्रह गरेकी थिइन् ।

 

पालिका प्रेस
थप जानकारी