मकवानपुर थाहानगरमै पहिलो पटक किस्ताबन्दीमा मोबाइल किन्न पाइने भएको छ । थाहा नगरपालिकाको शिखरकोटमा रहेको गणेश मोबाइल हाउसले आफ्ना ग्राहकहरुलाई यस्तो सुविधा दिन लागेको प्रोपाइटर गणेश विष्टले जानकारी दिए ।

११ वर्षदेखि मोबाइल बिक्रि तथा मर्मत गर्दै आएको गणेश मोबाइल रिपेयरिङ सेन्टरले ४० प्रतिशत डाउन पेमेन्टमा  सामसुङ कम्पनीले दिएको किस्ताबन्दी योजना अनुसार यो सेवा दिन लागेको हो । यस योजनामा शुन्य ब्याजदर रहेको भने किस्ता अवधि १ वर्षको हुनेछ ।

मोबाइल लिनका लागि सक्कली नागरिकतासहित २ प्रति पासपोर्ट साइजको फोटो चाहिनेछ । त्यस्तै ग्यारेन्टी बस्ने अर्को एक जनाको सक्कली नागरिकता र २ प्रति पासपोर्ट साइजको फोटो आवश्यक हुने प्रोपाइटर विष्टले जानकारी दिए ।

पालिका प्रेस
थप जानकारी