मकवानपुरको ८ वटा पालिकाको वेवसाइट डाउन भएको छ । ११ र १२ असोजको भिषण वर्षापछि पालिकाहरुमा राहत तथा उद्धारको कार्यक्रम चलिरहँदा वेवसाइटहरु डाउन भएका हुन् । मकवानपुरको हेटौंडा उपमहानगरपालिका र थाहा नगरपालिकाको मात्र वेवसाइट डाउन भएको छैन ।
मकवानपुरको इन्द्रसरोवर, भीमफेदी, मकवानपुरगढी, बागमती, बकैया, मनहरी, कैलाश र राक्सिराङ गाउँपालिकाको वेवसाइट डाउन छ । यस विषयमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र राष्ट्रिय सूचना प्रविधि केन्द्रले कुनै जानकारी दिएको छैन ।
यद्यपि डाउन भएका पालिकाहरुको साइट केही कहिले खुल्न कहिले नखुल्ने भैरहेको पालिकाहरुले प्रतिक्रिया दिए ।


















































पालिका प्रेस 








प्रतिक्रिया दिनुहोस्