हेटौंडा काठमाण्डौं आवतजावत गर्नका लागि साना सवारी साधनलाई कुलेखानी ड्याम हुँदै फाखेलबाट काठमाण्डौं जाने बाटो खुलेको छ । फाखेलको महालक्ष्मी खोलामा १९ असोजमा सडक ममर्त कार्य गरेसंगै काठमाण्डौं आवतजावतको बाटो खुलेको हो ।

कुलेखानी ड्यामको बाटो भने दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारी साधनले लागि मात्र प्रयोग गर्न पाउनेछन् । बाटो खेले पनि नयाँ ट्रयाक जस्तै भएकोले सावधानी पूर्वक यात्रा गर्न सवारी चालक तथा यात्रुहरुलाई सुझाइएको छ ।

यसैबीच ठूला सवारी साधनका लागि कुलेखानी ड्याम मुनिको सिमखोलामा डाइभर्सन निर्माण कार्य भैरहेको छ । सो सडक पनि २० असोज दिउँसोसम्म खुल्ने जनाइएको छ ।

गत असोज ११ र १२ गतेको बाढीले हेटौंडा कुलेखानी काठमाण्डौ सडकमा ठूलो क्षति पुगेपछि सडकमार्ग अवरुद्ध रहेको थियो ।

पालिका प्रेस
थप जानकारी