मकवानपुरको भीमफेदीमा बस दुर्घटना हुँदा २८ यात्रु घाइते भएका छन्। घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको मकवानपुर प्रहरीले जानकारी दिएको छ।

मकवानपुर प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालका अनुसार भीमफेदी गाउँपालिका वडा नम्बर ४ स्थित गोल्फिनबेसीमा काठमाडौंबाट जनकपुर जाँदै गरेको बा. ३ख २७२३ नम्बरको मिनीबस दुर्घटना भएको हो।

गम्भीर घाइते ६ सहित आठजनालाई थप उपचारका लागि चितवन पठाइएको प्रवक्ता अर्यालले जानकारी दिए। दुर्घटनामा परेका कसैको पनि पहिचान खुलेको छैन।

हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको बा. २ज ९८३ नम्बरको ट्याक्सी र बस आपसमा ठोक्किएर बा. २ज ८० नम्बरको  अर्को ट्याक्सीसँग ठोक्किएपछ बस सडकबाट १० मिटर तल खसेर दुर्घटना भएको हो।
घटनाको थप विवरण आउन बाँकी रहेको प्रवक्ता अर्यालले बताए।

पालिका प्रेस
थप जानकारी