नेकपा माओवादी केन्द्रले मोरङको ग्रामथान गाँउपालिकाको अध्यक्षको उम्मेदवार घोषणा गरेको छ । मङ्सिर १६ गते हुने उपनिर्वाचनमा मनोनारायणा माझीलाई अध्यक्षको उम्मेदवारको रूपमा अगाडि सारेको हो । सो पालिकाका अध्यक्षको मृत्यु भएपछि उपनिर्वाचन हुँदैछ ।
ग्रामथान गाउँपालिकाको कार्यालय रहेको तेतरीया बजारमा सोमबार आयोजित कार्यक्रममा माझीलाई उम्मेदवार घोषणा गरिएको हो । माझी केही समय अगाडि नेपाली काङ्ग्रेस छोडेर माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।
उक्त निर्वाचनका लागि काङ्ग्रेस, एमालेले भने उम्मेदवारबारे निर्णय गरिसकेको छैन । ०७९ सालको पालिका निर्वाचनमा काङ्ग्रेसका जयप्रकाश गच्छदार विजयी भएका थिए । उनको हृदयाघातका कारण मृत्यु भएपछि ग्रामथानमा उपनिर्वाचन हुन लागेको हो ।
माझीको उम्मेदवारी घोषणा कार्यक्रममा माओवादी केन्द्रका नेताहरू सावित्री कुमार काफ्ले, पूर्व मन्त्री अमनलाल मोदी, विजय विश्वासलगायतको उपस्थिति थियो ।


















































पालिका प्रेस 








प्रतिक्रिया दिनुहोस्