थाहा नगरपालिकाले पहिलोपटक नेपाल सरकारको सचिव पदमा एक जना प्राप्त गर्न सफल भएको छ । थाहा नगरपालिकाका रघुराम विष्ट नेपाल सरकारको सचिवमा बढुवा भएका छन् । ८ कार्तिकमा बसेको मन्त्रिपरिषद् बैठकले गण्डकी प्रदेशका कायम मुकायम प्रदेश प्रमुख सचिव विष्टलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।
ज्येष्ठतामा एकल सिफारिस भएका विष्टलाई बढुवासँगै गण्डकी प्रदेशकै प्रदेश प्रमुख सचिवमा पदस्थापन गरिएको छ। लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा मंगलवार सिंहदरवारमा बसेको बढुवा सिफारिस समितिको बैठकले वरिष्ठ सहसचिव रघुराम विष्टको नाम सिफारिस गर्ने निर्णय गरेको थियो ।
लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा मंगलवार सिंहदरवारमा बसेको बढुवा सिफारिस समितिको बैठकले वरिष्ठ सहसचिव रघुराम विष्टको नाम सिफारिस गरेको थियो । निजामती सेवा ऐनअनुसार कार्यसम्पादन मूल्यांकन (८०प्रतिशत)का आधारमा हुने बढुवामा लगातार चार पटकसम्म एक सचिवका लागि तीन वरिष्ठ सहसचिव र पाँचौँ पटक ज्येष्ठता (२० प्रतिशत)बाट एक जना मात्र ज्येष्ठ सहसचिवको नाम सिफारिस गर्ने व्यवस्था अनुसार सबैभन्दा ज्येष्ठ सहसचिव विष्टको नाम मात्रै सिफारिस भएको थियो ।
थाहा नगरपालिका वडा नम्बर ३ का स्थायी बासिन्दा विष्ट थाहा नगरपालिकाबाट नेपाल सरकारको सचिव पदमा पुग्ने पहिलो हुन् ।


















































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्