कटहरिया नगरपालिकामा कार्यरत स्वास्थ्य स्वयंसेविकाहरूले तलबको माग गर्दै आन्दोलनको चेतावनी दिएकी छन्।

नगरपालिकामा मेयरको रूपमा हालै निलम्बन फुकुवा भएका अजय प्रकाश जैसवाल निर्वाचित भएदेखि नै तलब पाउन नसकेको कारण आन्दोलनको विकल्प नभएको स्वयंसेविकाहरूले चेतावनी दिएका हुन् ।

दसैँको अवसरमा तलब नपाएको र अहिले दीपावली तिहार र छठनजिक आउँदा पनि हालसम्म तलब पाउने कुनै सङ्केत नदेखिएको उनीहरूले गुनासो गरेका छन्। कटहरिया नगरपालिकाको ९ वडा अन्तर्गत ५४ जना स्वास्थ्य स्वयंसेविका कार्यरत रहेका छन्। उनीहरूले १८ महिनादेखि तलब पाउन सकेका छैनन्।

पालिका प्रेस
थप जानकारी