संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले आगामी केही महिनाभित्रै सम्पूर्ण स्थानीय तहहरूमा कर्मचारी पठाइसक्ने दाबी गरेका छन् । आफूले मन्त्रालयको नेतृत्व सम्हालेयता अधिकांश स्थानीय तहहरूमा कर्मचारी व्यवस्थापन गरिसकेको उनले बताए । मन्त्रीले यस्तो भने पनि अझै करिब २३० स्थानीय तह प्रमुख प्रशासकीय अधिकृतविहीन छन् ।
एकैचोटी ठूलो संख्यामा कर्मचारी सरुवा गर्दा विभिन्न तहबाट उच्च दबाब झेलेको बताउँदै उनले भने, ‘कामको सन्दर्भमा आउने दबाबको अगाडि झुक्दिनँ ।’ उनले कर्मचारी सरुवासम्बन्धी नियमावली मन्त्रालयबाट पारित गरी आवश्यक राय–सुझावका लागि कानुन मन्त्रालय पठाइएको जानकारी पनि दिए । मन्त्रालय सम्हालेको तीन महिनाको अवधिमा संघीय निजामती विधेयकमाथिको छलफलले तीव्रता पाएको र आगामी संसद अधिवेशनबाट सो विधेयक पारित गराउने विश्वास पनि उनले बताए ।
एक सय दिनको अवधि मन्त्रालयका गतिविधि बुझ्न, आवश्यक ब्रिफिङहरू लिन र विभिन्न प्रकृतिका कामकारबाहीबारे जानकारी लिन खर्च भएको बताउँदै उनले यो बीचमा धेरै कामको थालनी भइसकेको समेत दाबी गरे ।
अब क्रमशः परिणाम आउने भन्दै १०० दिने कार्यकाल पूरा भएसँगै अब सिङ्गो सरकारकै गति बढ्ने पनि बताए ।


















































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्