मकवानपुर थाहा नगरपालिकामा कुन राजनीतिक दल कति बलियो भन्ने सर्वत्र चर्चा शुरु भएको छ । निर्वाचन आयोगको कार्यतालिका अनुसार ११ र १२ वैशाखमा राजनीतिक दलहरुले मनोनयन दर्ता गरेसंगै यो विषयले चर्चा पाएको हो ।
वि.सं. २०७४ सालमा सम्बन्धित पार्टीका वडा अध्यक्षहरुले पाएको मतलाई आधार मान्ने हो भने थाहानगरमा नेकपा एमाले पहिलो पार्टीको रुपमा स्थापित भएको देखिन्छ । नेकपा एमालेले थाहानगरका १२ वटै वडा अध्यक्षहरुले कुल ६ हजार ७६३ मत पाएका थिए । दोस्रो नेकपा माओवादी केन्द्रले ६ हजार ६८३ मत पाएको थियो भने नेपाली काँग्रेसले ३ हजार ९ सय ४८ मत पाएको छ ।

स्रोत: निर्वाचन आयोग
तत्कालिन माओवादी केन्द्र र नेपाली काँग्रेसबीच चुनावी गठबन्धन भएको थाहामा ०७४ सालमा नेकपा माओवादी केन्द्रबाट ९ हजार ९१ मतसहित नगर प्रमुख र नेपाली काँग्रेसबाट ७ हजार ३०७ मतसहित उपप्रमुख विजयी भएका थिए । यस स्थानीय तह निर्वाचनमा पनि ति दुई दलबीच चुनावी तालमेल भएको छ ।

















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्