कर्मचारी पोस्टिङलाई वैज्ञानिक र व्यवस्थित बनाउन सरकारले सरुवाको नयाँ मापदण्ड बनाउने तयारी गरेको छ । लामो समय केन्द्रमै रहने, स्थानीय तहमा जान अरुचि देखाउनेजस्ता प्रवृत्तिले सेवाप्रवाहमा समस्या सिर्जना गरेपछि त्यसलाई अन्त्य गर्न सरकारले नयाँ प्रावधान बनाउन लागेको हो ।
केन्द्रमा अड्डा जमाएर बसेका कर्मचारीलाई तह लगाउन बाहिर जानैपर्ने नीति पनि बनाउन लागिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदी बाहिर नगएका कर्मचारीको तथ्यांक उपलब्ध गराउन आफूले निर्देशन दिइसकेको बताउँछन् । उनका अनुसार, अब दुई वर्ष एउटै शाखामा बसेका कर्मचारीको शाखा परिवर्तन हुनेछ भने तीन वर्ष एउटै स्थानमा बसेकालाई अन्यत्र पठाइनेछ । चार वर्ष केन्द्रमा एउटै स्थानमा बसेका कर्मचारीलाई अनिवार्य स्थानीय तहमा पठाउने नीति बनाउन लागेको जानकारी पनि उनले दिए ।
कर्मचारी सरुवामा नेताहरूको अस्वाभाविक चासोले पनि समस्या सिर्जना हुँदै आएका छन् । मन्त्री मोदी सिस्टममा हुने कुरालाई सबैले स्वीकार गर्नुपर्ने बताउँछन् । ‘सिस्टममा हुने कुरालाई सबैले मान्नुहुन्छ भन्ने लाग्छ । म गलत काम गर्दिनँ र अरुलाई पनि गर्न पनि दिन्नँ,’ उनले भने ।

















































पालिका प्रेस 





प्रतिक्रिया दिनुहोस्