बागमती प्रदेशसभाबाट २ वटा प्रतिस्थापन विधेयक पारित भएको छन् । १४ फागुन साँझ ८ बजे बसेको प्रदेशसभाको बैठकले २ वटा प्रतिस्थापन विधेयकहरू पारित गरेको हो ।
प्रदेशसभाले ’प्रदेश निजामती सेवाको गठन सञ्चालन र सेवाका सर्तहरूको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक– २०७९ र स्थानीय तहको सेवाको गठन तथा सञ्चालन सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक– २०७९ पारित गरेको हो ।
१४ फागुन बिहान विधेयक व्यवस्थापन समितिले उक्त विधेयकहरूको विषयमा दफावार छलफल गरेपछि उक्त छलफलको प्रतिवेदन सभामा पेस गरिएको थियो । बागमती प्रदेशसभाको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको छ ।

















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्