राष्ट्रिय किताबखानाले नेपाल सरकारका उपसचिव र शाखा अधिकृत सरहका सबै कर्मचारीका लागि १ महिनाभित्र आफ्नो व्यक्तिगत विववरण अद्यावधिक गर्न सूचना जारी गरेको छ। कर्मचारीको सरुवाबढुवा, पुरस्कार र पदस्थापन विज्ञताका अधारमा मात्र गर्ने सरकारको तयारीपछि किताबखानाले यस्तो सूचना जारी गरेको हो।
धेरैजसो कर्मचारीको शुरु सेवा प्रवेशको मात्र शैक्षिक योग्यता रहेको तथा सरुवाबढुवाको विवरण समेत अद्यावधिक नरहेकोले विवरण अद्यावधिक गर्न लागिएको राष्ट्रिय किताब खानाका महानिर्देशक डा टोकराज पाण्डेले बताए। निजामती सेवा नियमावली २०५० को नियम १० मा भएको व्यवस्था बमोजिम यस्तो निर्णय गरिएको महानिर्देशक पाण्डेले जानकारी दिए।
उपसचिव र अधिकृतको पदमा पुगेका कर्मचारीको पनि व्यक्तिगत विवरणमा एसएलसी वा प्रविणता प्रमाणपत्र तहको मात्र शैक्षिक योग्यता रहको पाइएको छ। धेरै ठाउँमा सरुवा भइसकेका कर्मचारीको पनि पुरानै विवरण रहेको छ। विवरण अद्यावधिक गर्न किताब खानाको वेवसाइटमा रहेको इमेल मार्फत वा स्वयं कागजात लिइ पुल्चोकस्थित कार्यालयमा गएर विवरण अवधिक गर्न सकिनेछ। हाल निजामती सेवामा उपसचिव र शाखा अधिकृत सरहका करिव ७ हजार कर्मचारी कार्यरत रहेका छन ।
यसअघि किताब खानाले सचिव र सहसचिव सरहका कर्मचारीको विवरण अद्यावधिक गरिसकेको छ। संघीय निजामती सेवा ऐन जारी हुन लागेको र सरकारले विज्ञताका अधारमा कर्मचारी खटाउने बहसकाबीच व्यक्तिगत विवरण अधावधिक गर्न लागिएको हो।

















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्