मकवानपुर थाहा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा कृष्ण गिरी सरुवा भई आएका छन् । भक्तपुर नगरपालिकाबाट गिरी सरुवा भई ४ वैशाखमा हाजिर भएका हुन् ।

प्रमुख प्रशासकीय अधिकृत गिरीलाई थाहानगर प्रमुख विष्णु बहादुर विष्ट, उपप्रमुख भरत गोपाली लगायत कर्मचारीहरुले स्वागत गरेका थिए । स्वागत कार्यक्रममा नगर प्रमुख विष्टले सरुवा भई आएका गिरीलाई थाहानगरको गरिमा उठ्ने गरी कार्य सम्पादनमा सहयोग पु¥याउन आग्रह गरे । पालिकालाई भौतिक पूर्वाधारको विकासको साथै सुशासन, परदर्शिता र सेवा प्रवाहलाई चुस्तदुरुस्त राख्ने गरी काम गरे सबै सफल हुने सुझाए ।

 

प्रमुख प्रशासकीय अधिकृत गिरीले जनप्रतिनीधिको योजनालाई कार्यानवयन गर्ने प्रतिवद्धता व्यक्त गरे । ‘जनप्रतिनीधिको भिजनलाई कानूनी दायरामा रही कार्यान्वयन गर्नु मेरो दायित्व हो’ उनले भने । टिमवर्क र अन्तरक्रियात्मक भई थाहानगरको सम्पूर्ण कार्य नतिजामुखी भई कार्य सम्पादन गर्ने उनको प्रतिवद्धता रहेको थियो । स्वागत कार्यक्रममा थाहा नगरपालिकाका विभिन्न शाखाका प्रमुख तथा वडाध्यक्षहरुलगायतको उपस्थिती रहेको थियो । कार्यक्रम नगर प्रमुख विष्णु बहादुर विष्टको अध्यक्षतामा भएको थियो ।