मकवानपुरगढी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा शैलेन्द्र भण्डारी हाजिर भएका छन् । ६ वैशाखमा एक कार्यक्रमका बिच गाउँपालिका कार्यालयले भण्डारीलाई स्वागत गरेको छ ।
यस अघि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनीलाई विदाई गरिएको छ । भण्डारी यसअघि मकवानपुरकै इन्द्रसरोवर गाउँपालिकामा समेत प्रमुख प्रशासकीय अधिकृत भई काम गरिसकेका छन् । कार्यक्रममा गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङतान, उपाध्यक्ष मानकुमारी पाख्रिन नेपाली लगायत वडा अध्यक्षहरु, गाउँपालिकाका कर्मचारीहरु लगायतकाको सहभागिता रहेको थियो ।

















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्