संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भौगोलिक क्षेत्रको कार्यालयमा काम गर्न इच्छुक कर्मचारीहरूसँग निवेदन माग गरेको छ । मन्त्रालयले ११ साउनमा एक सूचना जारी गर्दै ‘क’ वा ‘ख’ वर्गको भौगोलिक क्षेत्रका कार्यालयमा काम गरिसकेका कर्मचारीले ‘ग’ वा ‘घ’ वर्गको तथा ‘ग’ वा ‘घ’ वर्गको भौगोलिक क्षेत्रको कार्यालयमा कार्य गरी सकेका कर्मचारीहरूले ‘क’ वा ‘ख’ वर्गको भौगोलिक क्षेत्रको कार्यालयमा काम गर्न इच्छुक भए पीआइएस अपडेट गरी नौ दिन भित्र मन्त्रालयमा इमेल पठाउन भनेको हो ।

सरुवाको सिजन नजिकिँदै गर्दा मन्त्रालयले सरुवा माग गर्ने निवेदनको ढाँचासहित सूचना जारी गरेको हो । सरुवा व्यवस्थापनका लागि अधिकांश कर्मचारीहरूले पीआएएस अद्यावधिक नदेखिएको भन्दै मन्त्रालयले प्रत्येक निजामती कर्मचारीहरूलाई आफ्नो हालसम्मको विवरण (नियुक्ति, पदस्थापन, सरुवा, समायोजन, काज, कामकाज, रमाना, हाजिर भएको जानकारी) लगायत सम्पूर्ण विवरण सात दिन भित्र अनिवार्य अद्यावधिक गर्नसमेत भनेको छ ।

केही दिन अघि मात्रै सरुवा व्यवस्थित गर्न भन्दै एउटा कार्यदल गठन गरी प्रतिवेदनसमेत तयार गर्न लगाइएको छ ।  प्रतिवेदन तत्काल लागू गर्ने र प्रतिवेदनमा उल्लेख भएका पदपूर्तिदेखि अवकाशसम्मका सम्पूर्ण विवरणलाई सफ्टवेयरमार्फत व्यवस्थित गर्नुपर्ने देखि कर्मचारी व्यवस्थापन प्रणाली (पिएमएस) विकास गर्ने र सो प्रणालीलाई निजामती किताबखानाको वैयक्तिक सूचना प्रणाली (पिआइएस)सँग आबद्ध गर्न पनि सुझाइएको छ । त्यसैमार्फत बिदा स्वीकृति, सरुवा निवेदन, सरुवा सहमति, पदस्थापन, काज, कामकाज, रमाना, बरबुझारथ, हाजिर भएको जानकारी, बढुवा, विभागीय कारबाही, अनुशासन र आचरणसम्बन्धी अभिलेख वैदेशिक अध्ययन, तालिम, निलम्बनसमेतका विवरणको व्यवस्थापन सुझावहरू कार्यान्वयन गर्दै सरुवाका विद्यमान समस्या र विकृति अन्त्य गर्ने भनिएको छ ।

हेर्नुस् मन्त्रालयको सूचना :

पालिका प्रेस
थप जानकारी