मकवानपुरको बागमती गाउँपालिकाले कर्मचारीहरुले अतिरिक्त काम गरे अतिरिक्त सेवा सुविधा दिने भएको छ । ११ साउनमा पालिकाको समिक्षा बैठकमा बोल्दै पालिका अध्यक्ष सर्केश घलानले अतिरिक्त सेवासुबिधाको लागि अतिरिक्त कार्य गर्न कर्मचारीहरुलाई निर्देशन दिए ।

अध्यक्ष घलानले कर्मचारी राष्ट्रसेवक कर्मचारी राष्ट्रको खम्बा भएको बताउदै १० बजेदेखी ५ बजेसम्मको तलब सुबिधा बाहेक भत्ता अतिरिक्त सेवा सुविधाका लागि शुक्रबारको बाँकी समय र शनिबार पनि काम गर्नुपर्ने बताए । अध्यक्ष घलानले भने–‘निर्धारित सेवाको लागि सुबिधा पनि निर्धारित नै छ भने अतिरिक्तको लागि अतिरिक्त खटिन जरुरी छ ।’ उनले बागमती गाउँपालिकामा कर्मचारीहरुले उत्कृष्ट काम गर्दै आएको बताउदै आगामी दिनमा झन् उत्कृष्ट कार्य गर्न आग्रह गरे । राज्यले गरेको खर्चको उपलब्धी निकाल्न पनि उनले सझाए । कर्मचारीहरुलाई आफुले गरेको कार्यको प्रतिवेदन चुस्त दुरुस्त राख्न पनि आग्रह गरे ।

अध्यक्ष घलानले पालिकाको लगानीमा संचालित स्रोत साधनहरुले लगानीभन्दा दोब्बर कार्य प्रगती गराउने जिम्मेवारी पनि पालिकाको जनप्रतिनीधि सहित कर्मचारीहरुको भएकोले त्यसतर्फ ध्यान दिनूपर्ने उनको सुझाव रहेको थियो । यसको साथै सेवा दिने विषयमा सम्झौता नगर्न पनि उनले आग्रह गए । बैठकमा वडा सचिबहरु, बिषयगत शाखा प्रमुखहरुले कार्य प्रगती विवरण, समस्या, चुनौतीको साथै सुझाब समेत प्रस्तुत गरे । प्रस्तुतीकरणमा वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु लगायतले जिज्ञासा राख्नुको साथै सुझाब दिएका थिए ।

पालिका प्रेस
थप जानकारी